१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

कोरना नियन्त्रण रोकथामको लागि जनजागरण पुस्तकालयको सहयोग

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

(रबिन शर्मा) काठमाडौं चैत्र २४ गते बेलकोटगढी नगरपालिका वडा नं. २ मा रहेको यस श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रले अहिले विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस -covid-19_ रोकथाम तथा नियन्त्रण पुर्व तयारीको लागी पुस्तकालयको कार्यक्षेत्र अन्तरगतका बेलकोटगढी नगरपालिका वडा नं. १,२ र ३ तथा ककनी गाउँपालिका वडा नं= ३ तथा धुनिवेशी नगरपालिका वडा नं. ४ स्थित कोराना महामारी विपद व्यवस्थापन समिति हरुलाइ १८ थान PPE लगायतका स्वास्थ्य सामाग्री पुस्तकालय मार्फत हस्तान्तरण गरियो ।
धन्यवादः– राष्ट्रिय आविष्कार केन्द्र तथा डा. महाविर पुन Lions Cclub International 325B1 district governor, Indu Lamsal, डा= भुपेन्द्र बस्नेत, दिपक मुडभरी, माननिय सांसद बहादुर सिंह लामा साथै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागी समाजमा आइपर्ने जे जस्तो समस्याको पनि साथ र सहयोग निरन्तर रहने पुस्तकालयका अध्यक्ष रामचन्द्र तिमल्सिनाले अवगत गराउनु भयो । विगतमा पनी यस श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रले विपद व्यावस्थापनको लागी विभिन्न योजनामा काम गर्दै आएको थियो र अहिले पनि समुदयमा अपाङ्गता समावेशी विपद जोखिम न्युनिकरण पर्वद्धन परियोजना अन्तरगत समुदायमा विभिन्न विपद पुर्व तयारी योजनाका कार्यक्रमहरु गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २३१ जना असईहरूलाई सोही समूहको सई पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दाङ । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट वक्तव्य पेश गर्दै आगामी वर्षका लागि उक्त बजेट सार्वजनिक गर्नुभएको हो।

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

error: Content is protected !!