१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

पत्रकारहरुलाई राहत प्याकेज दिन सरकारको ध्यानाकर्षण महासंघ अध्यक्ष

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

कठिनाई र जोखिम मोल्दै अग्रभागमा रहेर कोरोना संक्रमण नियन्त्रणका लागि सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिकसामु पुराइरहेका पत्रकारहरुलाई राहत प्याकेज ल्याउन माग गरेको छ । अध्यक्ष गोविन्द आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै अग्रमोर्चामा रहेर जस्तोसुकै असहजता, चुनौती, कठिनाई र जोखिममा रहेर पनि आफ्नो कर्तव्य निर्वाह गरिरहेका पत्रकार तथा सञ्चारमाध्यमको प्रशंसा गर्दै उनीहरुका लागि सरकारले राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भएको हो । त्यसैगरी सरकारले नेपालमा कोरोना संक्रमणले एउटा चरण पार गरेर ‘लोकल ट्रान्समिसन’को अवस्थामा पुगेको जनाएको बताउँदै अध्यक्ष आचार्यले भन्नुभएको छ, ‘अब यसको संक्रमण फैलन नदिनका लागि थप तयारी र नयाँ रणनीतिका साथ सरकार उभिएको छ । यो अवस्थामा पत्रकारहरु, जो अग्रपंक्तिका पात्रहरु हुन्, तिनीहरु अझ बढी गम्भीर र सचेततापूर्वक प्रस्तुत हुन जरुरी छ । हाम्रो आफ्नो स्वास्थ्य सुरक्षा सबैभन्दा पहिलो र ठूलो बिषय हो । आफू सुरक्षित हुँदै समाज र देशभरका हरेक व्यक्तिलाई कसरी सुरक्षित हुने भन्ने सन्देश र सूचना प्रवाह गर्ने दायित्व नेपालका सबै सञ्चारमाध्यमको काँधमा छ । यो महत्वपूर्ण दायित्व पूरा गर्न सिंगो सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एशोसिएट संस्थाहरु, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्य साथीहरुमा हार्दिकताका साथ अपिल गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ १) सर्वप्रथम विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौति कायमै रहेको कोरोना संक्रमण नियन्त्रणका लागि अनेकौ कठिनाई र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिक सामु पु¥याउने महत्वपूर्ण दायित्व बहन गर्दै आउनुभएका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको उच्च प्रशंसा गर्न चाहन्छु । जस्तोसुकै असहजतामा पनि चुनौतिको सामना गर्ने र जोखिमपूर्ण क्षेत्रका अग्रभागमा रहेका सत्यतथ्य समाचार सामग्रीहरु निरन्तर प्रवाह गर्ने कार्यले पत्रकारिता समाजको सबैभन्दा धेरै विश्वसनीय क्षेत्रको रुपमा रहँदै आएको तथ्य पुनः एकपटक उजागर हुन पुगेको छ । संकटपूर्ण अवस्थामा जिम्मेवारपूर्णढंगले पत्रकारिता गरिरहनुभएका सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा नेपाल पत्रकार महासंघ हार्दिक आभार प्रकट गर्न चाहन्छ । २) नेपालमा कोरोना संक्रमणले एउटा चरण पार गरेको छ । ‘लोकल ट्रान्समिसन’को अबस्था नेपालमा पनि देखिएको सरकारले जनाएको छ र अब यसको संक्रमण फैलन नदिनका लागि थप तयारी र नयाँ रणनीतिका साथ सरकार उभिएको छ । यो अवस्थामा पत्रकारहरु, जो अग्रपंक्तिका पात्रहरु हुन्, तिनीहरु अझ बढी गम्भीर र सचेततापूर्वक प्रस्तुत हुन जरुरी छ । हाम्रो आफ्नो स्वास्थ्य सुरक्षा सबैभन्दा पहिलो र ठूलो बिषय हो । आफू सुरक्षित हुँदै समाज र देशभरका हरेक व्यक्तिलाई कसरी सुरक्षित हुने भन्ने सन्देश र सूचना प्रवाह गर्ने दायित्व नेपालका सबै सञ्चारमाध्यमको काँधमा छ । यो महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एशोसिएट संस्थाहरु, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्य साथीहरुमा हार्दिकताका साथ अपिल गर्दछ । यो चुनौति र संकटपूर्ण अवस्थामा अन्य समस्या र तमाम मतभेदहरुलाई थाँती राखेर कोरोना सक्रमण नियन्त्रणका लागि एउटै मिसनका साथ अघि बढ्न तीनवटै तहका सरकार, राज्यका सबै निकाय, सबै राजनीतिक दल, नागरिक संघसंस्था, पेशाकर्मी, व्यवसायीलगायत सबैमा महासंघ आव्हान गर्न चाहन्छ । ३) यो जोखिमको समयमा पत्रकार सुरक्षा र सञ्चारमाध्यमको नियमितता एवम् प्रभावकारिताका लागि आवश्यक सामग्रीहरुको उपलब्धताका साथै राहत प्याकेज ल्याउन महासंघ सरकारको ध्यानाकर्षण गराउँदछ । यो अबस्थामा फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण, विमा, पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियत, लकडाउनले असर गरेका पत्रकारहरुका लागि आबश्यक सामाग्रीको उपलब्धता, अप्ठ्यारामा परेका पत्रकाहरुलाई आर्थिक राहतलगायतका बिषयहरु समेटेर प्याकेजमै पत्रकारहरुको आत्मबल बढाउनका लागि राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी देखिएको छ । यसैगरी जटिल अवस्थामा पनि अनेकौं समस्यासँग जुधेर आफूलाई निरन्तरता दिई जोखिम मोलेर सूचना तथा समाचार सामग्री प्रवाह गरिरहेका सञ्चारमाध्यमको हकमा पनि प्याकेजमै योजना बनाएर प्रोत्साहन गर्न तथा सबै सञ्चारमाध्यमबाट कोरोना संक्रमण हुन नदिन जनचेतनामूलक सन्देश र सूचना प्रवाहका लागि सहकार्य गर्न महासंघ सरकारसँग आग्रह गर्दछ । सरकार र सञ्चारबीच सहकार्य गरी यो बेलामा आवश्यक सूचना, सचेतनाका साथै होम क्वारेन्टाइनमा बसेका बिद्यार्थीका लागि आवश्यक सामग्रीहरुको उत्पादन र प्रसारण गर्नेतर्फ योजना निर्माण गर्न पनि अत्यावश्यक देखिएको छ । यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदछु । ४) नेपाल पत्रकार महासंघ नेपालका सबै पत्रकारहरुको साझा संस्था हो । यो संस्थाको बिशिष्ट चरित्रलाई हामीले चुनौतिपूर्ण समयमा प्रदर्शित पनि गर्दै आएका छौं । जस्तोजुकै संकट र चुनौतिका बीचमा पनि नेपालको संविधानको प्रस्तावनामै रहेको पूर्ण प्रेस स्वतनत्रताको सम्मान र पालना हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । यो बेला पनि हामीले आफ्नो दायित्व र जिम्मेवारी निभाइरहँदा निगरानी र खबरदारी गर्ने हाम्रो भूमिकालाई पूरा गरिरहेका छौं । महासंघ स्वतन्त्र र निर्भिक पत्रकारिताका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारलगायत समाजका हरेक वर्ग र समुदायसँग अपिल गर्दछ । ५) नेपाल पत्रकार महासंघले विगतदेखि विभिन्न मुद्दाहरु उठाउँदै आएको छ्, जुन मुद्दाहरुप्रतिको हाम्रो निरन्तरको लडाईं जारी छ । त्यसैगरी हाम्रा सांगठनिक जीवनका केही महत्वपूर्ण दायित !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।