२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

बोइङको निर्माता कम्पनीले अनिश्चितकालीन बन्द

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ । बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो । यो कारखानाबाट लामो दूरीको उडान भर्ने बोइङ–७७७ जेट र अरु मोडलका बिमान उत्पादन हुने गरेको छ । गत महिना कम्पनीले आफ्नो कारखाना दुई साताका लागि बन्द गर्ने घोषणा गरेको थियो । साथै कम्पनीले बोइङ ७३७ म्याक्स बिमानमा समस्या आएपछि मोजेज लेकमा रहेको अर्को कारखाना पनि अहिले बन्द छ । बोइङले आइतबार कोविड–१९ को महामारीबाट कर्मचारीलाई जोगाउन पनि कारखाना अनिश्चितकालका लागि बन्द गर्नु परेको जनाएको थियो । बोइङका व्यावसायिक बिमान विभागका अध्यक्ष स्टान डिलले एक वक्तव्य जारी गर्दै कर्मचारी, उनीहरुका परिवार र हाम्रो समयको स्वास्थ्य र सुरक्षाका लागि कारखाना बन्द गर्नु परेको उल्लेख गर्नु भएको छ । कोरोनाभाइरसको महामारीका साथै बोइङ ७३७ म्याक्स शृंखलामा आएको समस्याका कारण कम्पनीले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । कम्पनीले हाल अमेरिकी हवाई उड्डयन कम्पनीलाई जोगाउन संघीय सरकारबाट ६० अर्ब डलरभन्दा बढीको आर्थिक सहायताका लागि अनुरोध गरेको छ । । कम्पनीले गत बिहीबार कर्मचारीलाई स्वेच्छिक बिदामा बस्न वा अवकाश लिन चाहने कर्मचारीलाई तत्काल आवेदन दिन अनुरोध गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!