२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

नेपाल राष्ट्र बैंकको गभर्नरको लागि ३ जनाको नाम सिफारिस

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

काठमाडौं नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो। स्रोतका अनुसार आजै गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गर्नुभएको छ। प्रधानमन्त्रीले चाहेमा आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नर नियुक्त गर्नेछ। सिफारिसमा परेका खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुनुहुन्छ भने शिवाकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुनुहुन्छ। शिवाकोटी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत हुनुहुन्छ। अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुनुहुन्छ। हाल उहाँ लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य हुनुहुन्थ्यो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!