०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

महिला सामुदायिक लघुवित्तद्धारा शान्तिनगरलाई राहात प्रदान

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

(सागर थापा) दाङ चैत्र २५ महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड दाङले शान्तिनगर गाउँपलिकालाई राहात प्रदान गरेको छ ।
राहात प्रदान कार्यक्रम अन्तरगत शान्ति नगर गाउँपालिकासंगको समन्वयमा संस्थाका संचार अधिकृत देविराम कुसारी र फिल्ड सहायक केशब ढकालले गाउँपालिकाका स्टोर प्रमुख नन्दराम केसी र नायव पशु स्वास्थ्य प्राविधीक चित्रबहादुर क्षेत्रीलाई ४८ हजार चास सयको ११ क्वीइन्टल चामल प्रदान गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष कमनसिंह डागी र प्रमुख प्रशासकिय अधिकृत नरबहादुर विकले खाद्यान्न आभाव भएको जानकारी दिए पछि संस्थाले चामल प्रदान गरेको संस्थाका वरिष्ठ प्रवन्धक लोकमणी रेग्मीले जानकारी दिनुभएको छ । राहात बुझ्दै स्टोर प्रमुख केसीले संस्थाले प्रदान गरेको राहातले गाउँपालिकाका विपन्न परिवारलाई ठुलो सहयोग पुग्ने वताउनु भयो ।
नौं सय घर परिवार विपन्न भएको वताउदै प्रमुख प्रशासकिय अधिकृत विकले अझै पनि खाद्यान्न अभाव रहेकाले अन्य संस्थालाई पनि सहयोग गर्न आग्रह गर्नुभएको थियो । यो विपतीमा महिला समुदायिक नै आफ्नो गाउँपालिकामा सहयोग गर्ने पहिलो संस्था भएको वताउदै विकले करिव चास सयलाई वितरण गरेको र वाकीलाई पनि सहयोग जुटाउदै गरेको जानकारी दिनुभयो । संस्थाले प्युठानका चार र दाङका दुइ वटा स्थानिय तहलाई करिव साढे तीनलाख वराबरको राहात यस अघिनै प्रदान गरि सकेको संस्थाका वरिष्ट प्रवन्धक पवन योगीले जानकारी दिनुभएको छ ।
महामारिको रुपमा फैलिएको कोरोनाका कारण भएको लक डाउन वाट समस्यामा परेका संस्थाका सदस्य तथा विपन्न परिवारलाई राहात होस भन्ने उदेश्याकासाथ राहात प्रदान कार्यलाई जारी राखेको संस्थाका आर्थिक व्यवस्थापन संयोजक एंव प्रमुख कार्यकारी निर्देशक विमला यागीले जानकारी दिनुभएको छ । ग्रामिण र विपन्न समुदायसंगै संस्था जन्मको र हुर्केको हुदा ग्रामिण समुदायको पिडा कम गर्न संस्थाले गरेको सानो सहयोगलाई सहर्ष स्वीकारेकोमा सवै स्थानिय तहलाई प्रमुख कार्यकारी निर्देशक योगीले धन्यवाद दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!