०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

नेपाल प्रहरीको ९ डिआइजीको लागि ३४ एसएसपी प्रतिस्पर्धा

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

(सागर थापा)
काठमाडौं सोमबारको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा यसअगाडि कायम रहेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी पचास प्रतिशतले कटौती गरेको छ । प्रहरीमा जनपद समुहतर्फ रहेको २६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दीमा आधा कटौती गर्दै सरकारले १३ मा झारेको उच्च स्रोतको दावी छ ।
नेपाल प्रहरीमा रहेको अनावश्यक दरबन्दी कटौतीको प्रस्ताव ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले यसअगाडि नै निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनबमोजिम गृहमन्त्रालयले सोमबारको मन्त्रीपरिषद बैठकमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी कटौतीको प्रस्ताव पेश गरेको थियो । गृहमन्त्रालयले जनपद समुहतर्फ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी १९ राख्नुपर्ने प्रस्ताव गरेको भएतापनि प्रधानमन्त्री ओलीले अडानमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी १३ कायम भएको उच्च स्रोतले जानकारी दियो ।
सोमबारको निर्णय अनुसार अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (CIB), विशेष ब्यूरो नक्साल, लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, प्रहरी महानिरीक्षकको सचिवालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक/एक गरि जम्मा १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्यरत रहनेछन् ।
नौ डीआईजीको लागि ३४ एसएसपी प्रतिस्पर्धामा
नेपाल प्रहरीमा दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर बाहेकका सबै प्रदेश प्रहरी कार्यालय नेतृत्वबिहिन छन् । हाल प्रहरीमा कार्यरत चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) मध्ये निरजबहादुर शाही केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी), प्रध्युम्नकुमार कार्की दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, सुर्यप्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय नक्साल र बिश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
दरबन्दी कटौती गर्ने सरकारको यो निर्णयसंगै नेपाल प्रहरीमा कायम भएको १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) मध्ये रिक्त हुने ९ दरबन्दीमा पदपूर्तिको तयारी थालिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बस्ने बढुवा समितिले यसैसाता प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको टुंगो लगाउने गृहमन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।
गृहले बढुवाको प्रक्रिया अगाडि बढाउने संकेत पाएपछि बढुवाका आकांक्षी केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु शक्तिकेन्द्र धाउन थालेका छन् । रिक्त रहेको ९ डीआईजीको लागि ९८ टोलिका बैकल्पिक समेतगरि ३४ एसएसपीहरु बिच प्रतिस्पर्धा हुने भएको छ ।
दरबन्दी कटौतीले रिक्त पद कम भएपछि बढुवामा समेत सकस हुने देखिएको उच्च स्रोतको भनाइ छ । बरियता अनुसार ९८ टोलिका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण र देवबहादुर बोहरा डीआईजी बढुवाको लाइनमा छन् ।
त्यस्तै ९८ टोलिको बैकल्पिक सुचीका धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र बहादुर धानुक, सहकुल बहादुर थापा र अरुणकुमार बिसि समेत डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । उक्त बैकल्पिक टोलिका बिश्वराज पोखरेल सबैलाई उछिनेर यसअगाडी नै डीआईजी भइसकेका छन् भने एसएसपी लोहनीविरुद्ध मोरङ जिल्ला अदालतमा ३३ किलो सुनतस्करी र सनम शाक्य हत्याकाण्ड सम्बन्धि मुद्दा बिचाराधिन रहेकोले उनको बढुवा हुने सम्भावना नरहेको गृहमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
बढुवाको प्रतिस्पर्धामा रहेका एसएसपी सौरभ राणा एक महिलालाई यौन शोषण गरेको आरोपमा निलम्बित छन् । गृहमन्त्रालयले समेत छानबिन गरिरहेकोले उनको पनि बढुवा हुने सम्भावना छैन । ९८ टोलिका रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदिपकुमार श्रेष्ठ र बैकल्पिक टोलिका सुशिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिंह, बिक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र नरबहादुर खत्री समेत डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
२०४९ बैशाख १९ र चैत ११ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ९८ टोलिबाट प्रतिस्पर्धामा रहेका उनिहरु २०७४ साउन ३२ र २०७५ जेठ २ मा एसएसपीमा बढुवा भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!