२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतबाट आउनेक्रम रोकिएन थप २२९ चेकपोष्ट राख्ने तयारीमा

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

जनकपुरधाम लकडाउनकै बीच प्रदेश २ का नाका प्रयोग गरेर भारतबाट आउने क्रम नरोकिएपछि प्रहरीले सीमा नाकामा थप चेकपोस्ट खडा गरेको छ । यसअघि प्रदेशका नाकामा १ सयको हाराहारीमा चेकपोस्ट रहेकोमा त्यसलाई बढाएर ३ सय २९ पुर्याइएको हो ।
लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोस्ट संख्या बढाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न काकीले जानकारी दिए । यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको संख्या बढाइएको उनले बताए ।
‘प्रदेशमा पहिला सय वटाको हाराहारीमा मात्रै चेक पोष्ट थियो,’ डीआईजी कार्कीले भने, ‘अहिले त्यसलाई बढाएर ३ सय २९ पुर्याएका छौं ।’
भारतबाट नेपाल आउन सक्ने सम्भावित ठाउँहरूमा चेकपोष्ट बनाइएको उनले बताए ।
सीमा नाकामा चेकपोष्ट थपेर भारततर्फका एसएसबी, थानेदार, दरोगा, डीएमहरुसँग नियमित सम्पर्क र समन्वय गरिरहेको कार्कीले बताए । ‘यताका मान्छे उता नजान र उताका यता आउन नदिन दुवै देशका सुरक्षा अधिकारीले मिलेर काम गरिरहेका छौं,’ डीआईजी कार्कीले दुई देशका सुरक्षा अधिकारीबीचको समन्वयबारे जानकारी दिँदै भने ।
लुकेर बसेका पक्राउ
भारतको विभिन्न ठाउँबाट आएर आफ्नो घरमा लुकेका सात जनालाई सप्तरी सदरमुकाम राजविराजको विभिन्न ठाउँबाट फेला पारी क्वारेन्टाइनमा राखिएको छ ।
भारतबाट आई बारा, पर्सालगायतका स्थानमा लुकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सबैलाई क्वारेन्टाइनमा राखिएको छ । दुई दिनअघि मात्रै महोत्तरीमा भारतबाट आएका १५ जना बालकलाई फेला पारिएको छ ।
सीमावर्ती क्षेत्रमा निगरानी समिति बनाइँदै
कोरोना भाइरस संक्रमण फैलिन नदिन प्रहरीले आफ्नो निगरानी राख्दै स्थानीय नागरिकको समेत निगरानी बढाउने भएको छ । नागरिक पनि बिनाबर्दीको प्रहरी भएको भन्दै उनले सीमावर्ती क्षेत्रमा नागरिक सम्मिलित समिति बनाउन लागिएको जानकारी दिए । सीमातिरका स्थानीय तह र त्यसभित्रका वडाहरुमा पनि समिति बनाइने उनले बताए । समितिले भारतबाट कोहि आए त्यसको निगरानी गर्ने र तत्कालै क्वारेन्टाइनमा पठाउने काम गर्ने डीअइजी कार्कीको भनाए ।
‘समिति पदाधिकारीले कुनै नयाँ मान्छे आए तुरन्तै क्वारेन्टाइनमा पठाउँछन,’ उनले भने, ‘त्यसमा हामी पनि सघाउँछौं ।’
निगरानी समिति बनाउने सन्दर्भमा प्रमुख जिल्ला अधिकारीलगायतसँग छलफल भइसकेकाले चाँडै निर्माण हुने उनको भनाइ छ । सभार onlinekhabar

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!