०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

बिरामीबाट बढी भाडा असुल्ने एम्बलेन्स चालक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

दाङमा एम्बुलेन्सले लमही देखी तुलसीपुर सम्मको भाडा ३५ सय रुपैयाँ हो । तर, त्यही दुरीमा बढी भाडा लिएको पाईपछी एम्बुलेन्स चालक कारबाहीमा परेको हो । सात हजार रुपैयाँ विरामीबाट भाडा लिने कृपा पोलि क्लिनिक एण्ड मेडिकल हलको रा १ च ८२५ नम्बरको एम्बुलेन्सलाई प्रहरीले पक्राउ गरेको छ ।
एम्बुलेन्सले बिरामी भन्दा पनि पेसिन्जर बोकेको जनगुनासो आउन थालेपछी जिल्ला ट्राफिक प्रहरीले एम्बुलेन्स जाँच गर्न थालेको हो ।
सोही क्रममा एम्बुलेन्सले बिरामीबाट बढी भाडा लिएको पाईएपछी एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रेम रेग्मीले बताए । साथै अब देखि हरेक दिन सवारी साधनलाई चेकजाँच र नम्बर राख्ने जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]