२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

दाङ प्रहरीले लकडाउन उलंघन गर्ने नक्कली पत्रकार पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

(सागर थापा)
दाङ प्रहरीले तुल्सीपुरबाट लकडाउनको समयमा आफुलाई पत्रकार बताउँदै सवारी चलाउने एक जना पक्राउ परेका छन तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ निवासी २८ वर्षका मेघराज सुुनारलाई ईलाका प्रहरी कार्यालय तुल्सीपुरले पक्राउ गरेको हो ।
तुलसीपुर ६ हात्तिखौवामा प्रहरीले चेकजाँचको क्रममा सुनारले रिपोटर्स क्लव दाङबाट वितरित खिमबहादुर डिसीको नाममा रहेको प्रेस कार्ड देखाएका थिए आफुलाई पत्रकार भनेर प्रहरीलाई झुक्याउने सुनार सवार बा ८७ प १००६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!