२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दुबैजना रिपोर्टस क्लबमा नरहेको कडा कार्वाहीको माग दाङ संयोजक : रेग्मि

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

(एबिसी क्राइम ब्युरो)
दाङमा पत्रकार हुँ भन्दै लकडाउनको समयमा वा ८७ प १००६ नम्वरको मोटरसाइकलमा हिडिरहेका तुलसिपुर उपमहानगरपालिका १७ का १८ वर्षिय मेघराज सुनारलाई दाङ दाङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिले रिपोर्टस क्लव दाङको रिपोर्टर भनि खिमबहादुर डिसिको नाममा नक्कलि परिचयपत्र देखाएकोले पाँच नम्बर प्रदेश भरि सो दुबै नामको व्यक्ति रिपोर्टस क्लबमा नरहेको प्रदेश संयोजकको तर्फबाट शरद रेग्मिले स्पष्ट पारेका छन् । साथै पक्राउ परेका व्यक्ति र रिपोर्टस क्लबको नक्कलि परिचयपत्र बनाएका खिम बहादुर डिसिलाई पनि आवश्यक कार्बाहिको लागि दाङ प्रहरी समक्ष उनले अनुरोध समेत गरेका छन् । दाङ सहित पर्देश नम्बर ५ मा रहेका करिब दुई सय बढि क्रियाशिल पत्रकारहरुको चम्किलो फोरमका रुपमा रहेको साझा सस्था रिपोटर्स क्लब दाङको नाम बदनाम गराउन किर्तेकाम गर्ने जोकोहिलाई पनि कानुन अनुसार कार्बाहिको लागि स्थानिय प्रशासन समक्ष उनले माग गरे ।
साथै विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौति कायमै रहेको कोरोना संक्रमण नियन्त्रणका लागि अनेकौ कठिनाई र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिक सामु पु¥याउन महत्वपूर्ण दायित्व बहन गर्दै आउनुभएका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको उच्च प्रशंसा रेग्मिले गरेका छन् । यो चुनौति र संकटपूर्ण अवस्थामा अन्य समस्या र तमाम मतभेदहरुलाई थाति राखेर कोरोना सक्रमण नियन्त्रणका लागि एउटै मिसनका साथ अघि बढ्न सबैमा रिपोटर्स क्लबले आह्वान पनि गरेको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]