२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सङ्कटकाे घडीमा धैर्य गर्न दाङ सिडियो रिजालको अाग्रह

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

(बिदुर एमसी) सङ्कट र अप्ठ्यारो समयमा नअात्तिन र धैर्यता गर्न दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लाबासीहरुलाई आग्रह गरेका छन् । काेभिड १९, नाेवेल काेराेना भाइरसबाट सुरक्षित रहनका लागि नै जे जस्तो समस्या र दुख सहनुपरे तापनि त्याे नै सबैका लागि ठूलो उपलब्धि हुने उनको सल्लाह छ । बुधबार अपरान्ह कार्यालय परिसरमा रहेको उनको निवासमा विद्यमान लक डाउनकाे विषयमा प्रतिक्रिया लिन गएका एविसी सञ्चारकर्मिसङ्ग प्रजिअ रिजालले साेकुरा बताएका हुन् । देशका अन्य भागमा जस्तै दाङका नागरिकहरुले पनि सरकारले अाव्हान गरेको लक डाउनलाई अत्यन्तै साहसका साथ दुखकष्ट सहेर पूर्ण रूपमा पालना गरेकोमा खुशी व्यक्त गरे । लक डाउन शव्दकाे अर्थ नै आफूलाई आफैंले बन्द गरेर बस्नु हो, यस्तो अवस्थामा प्रशासन तथा अरु कसैले पनि दवाव दिन मिल्दैन प्रजिअ रिजालले स्पष्ट पारे ।साथै लक डाउनमा घरमै बसेका नागरिकहरुलाई विभिन्न सरोकारवालाहरुसङ्ग सहकार्य गरेर दैनिक अत्यावश्यक खाद्यान्न लगायतका वस्तुहरुको आपूर्तिमा सहजता ल्याउने पनि उनले कुराकानीका क्रममा उल्लेख गरेका छन् । काेराेना भाइरसका कारणले सङ्क्रमण भएर ठूलो जनधनको नाेक्सान व्यहोर्नुभन्दा त बरु यस्तै दुखसुख सहेर भएपनि त्यो नाेक्सानीबाट बच्नु नै हाम्रो लागि महान विजय हाे, प्रजिअ रिजालले सबै अाम नागरिकलाई आग्रह गरे ।आफ्नो सुरक्षाका लागि आफैंले स्वस्थताका नियमहरु पालना गर्न सबैलाई सुझाव दिदै रिजालले यस्तो अत्यन्तै कठिन र सङ्गिन परिस्थितिमा पनि अाफ्नाे जीउधनको प्रवाह नगरीकन आम नागरिकहरुको सेवा र सुरक्षामा अहोरात्र खट्ने सञ्चारकर्मि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई आफू सुरक्षित रहेर काॠ सम्पादन गर्नुपर्ने सल्लाह दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!