३१ आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

कोको छन नेपाल प्रहरीको नयाँ डिआइजीको प्रतिस्पर्धामा

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(एबिसी क्राइम ब्युरो)
काठमाडौं गत सोमबारको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा यसअगाडि कायम रहेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी करिब पचास प्रतिशतले कटौती गरेपछि सरकारले बढुवाको तयारी थालेको छ। नेपाल प्रहरीमा जनपद समुहतर्फ रहेको २६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दीमा करिब आधा कटौती गर्दै सरकारले १४ मा झारेको छ।
नेपाल प्रहरीमा रहेको अनावश्यक दरबन्दी कटौतीको प्रस्ताव ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले यसअगाडि नै निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनबमोजिम गृहमन्त्रालयले सोमबारको मन्त्रीपरिषद बैठकमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी कटौतीको प्रस्ताव पेश गरेको थियो । गृहमन्त्रालयले जनपद समुहतर्फ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी १९ राख्नुपर्ने प्रस्ताव गरेको भएतापनि प्रधानमन्त्री ओलीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी १३ राख्ने अडान लिएका थिए। तर पछिल्लो समय नेपाल प्रहरीको विशेष ब्युरोमा समेत डीआईजीको दरबन्दी आवश्यक रहेको भन्दै प्रहरी प्रधान कार्यालयले अनुरोध गरेपछि एक डीआईजीको दरबन्दी बढाएर चौध बनाइएको उच्च स्रोतले जानकारी दियो ।
सोमबारको निर्णय अनुसार अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (CIB), विशेष ब्यूरो नक्साल, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा) टङ्गाल, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक/एक गरि जम्मा १४ प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्यरत रहनेछन् ।
हाल रिक्त रहेको दस डीआईजीको लागि ३४ एसएसपी प्रतिस्पर्धामा नेपाल प्रहरीमा दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर बाहेकका सबै प्रदेश प्रहरी कार्यालय नेतृत्वबिहिन छन् । हाल प्रहरीमा कार्यरत चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) मध्ये निरजबहादुर शाही केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी), प्रध्युम्नकुमार कार्की दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, सुर्यप्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय नक्साल र बिश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
दरबन्दी कटौती गर्ने सरकारको यो निर्णयसंगै नेपाल प्रहरीमा कायम भएको १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) मध्ये रिक्त हुने दस दरबन्दीमा पदपूर्तिको तयारी थालिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बस्ने बढुवा समितिले यसैसाता प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको टुंगो लगाउने गृहमन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।
गृहले बढुवाको प्रक्रिया अगाडि बढाउने संकेत पाएपछि बढुवाका आकांक्षी केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु शक्तिकेन्द्र धाउन थालेका छन् । रिक्त रहेको दस डीआईजीको लागि ९८ टोलि र १०१ टोलिका ३४ एसएसपीहरु बिच प्रतिस्पर्धा हुने भएको छ ।
दरबन्दी कटौतीले रिक्त पद कम भएपछि बढुवामा समेत सकस हुने देखिएको उच्च स्रोतको भनाइ छ । बरियता अनुसार ९८ टोलिका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण र देवबहादुर बोहरा डीआईजी बढुवाको लाइनमा छन् ।
त्यस्तै १०१ टोलिका धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र बहादुर धानुक, सहकुल बहादुर थापा र अरुणकुमार बिसि समेत डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । उक्त टोलिका बिश्वराज पोखरेल सबैलाई उछिनेर यसअगाडी नै डीआईजी भइसकेका छन् भने एसएसपी लोहनीविरुद्ध मोरङ जिल्ला अदालतमा ३३ किलो सुनतस्करी र सनम शाक्य हत्याकाण्ड सम्बन्धि मुद्दा बिचाराधिन रहेकोले उनको बढुवा हुने सम्भावना नरहेको गृहमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
बढुवाको प्रतिस्पर्धामा रहेका एसएसपी सौरभ राणा एक महिलालाई यौन शोषण गरेको आरोपमा निलम्बित छन् । गृहमन्त्रालयले समेत छानबिन गरिरहेकोले उनको पनि बढुवा हुने सम्भावना छैन । ९८ टोलिका रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदिपकुमार श्रेष्ठ र १०१ टोलिका सुशिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिंह, बिक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र नरबहादुर खत्री समेत डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
गृह मन्त्रालयसम्बद्ध बिश्वस्त स्रोतका अनुसार ९८ टोलिका गणेशबहादुर ऐर, घनश्याम अर्याल, पुरुषोत्तम कंडेल, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, डा. देवबहादुर बोहरा र १०१ टोलिका धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, रबिन्द्र बहादुर धानुक, सहकुलबहादुर थापा र अरुणकुमार बिसि मध्येबाट १० जनालाई डीआईजीमा बढुवाको लागि सिफारिस गर्ने तयारी थालिएको छ।
२०४९ बैशाख १९ र चैत ११ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ९८ र १०१ टोलिबाट प्रतिस्पर्धामा रहेका उनिहरु २०७४ साउन ३२ र २०७५ जेठ २ मा एसएसपीमा बढुवा भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । कोहलपुर लागुऔषधको अखडा बन्दै गएको ब्यापक जनगुनासोकाविच कोहलपुर प्रहरीलाई ठुलो सफलता मिलेको छ । कोहलपुर प्रहरी प्रमुखकारुपमा लक्ष्मि खनाल आएपछि पहिलो पटक यती ठुलो सफलता मिलेको हो । आज विहान कोहलपुर ११ बाट अफिम र नक्कली नोट सहित आफुलाई पत्रकार वताउने मान वहादुर साकारले लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट र १९ […]

दाङ । घोराही तापा सडक खण्डमा चल्ने सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने केही टिप्परहरुले ओभर लोड बोक्ने, तीब्र गतीमा सवारी साधन चलाउने ,त्रिपालले नछोपी हिड्ने गरेको भन्ने गुनासो आएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङबाट टिप्परका चालकहरु,चुनढुगा खानीका सरोकारवाला बिभिन्न ब्यक्तीहरु तथा टिप्पर समितिकापदाधिकारीहरु समेतलाई सो सम्वन्धि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले बताए । ‘यो दुई महिनाको अवधिमा हामीले एक सय ११ किलो लागुऔषध बरामद गर्नुका साथै ५४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,’ एसपी मगरले […]

error: Content is protected !!