२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रसासन र मुस्लिम अगुवाहरू बिच कोरोना भाइरसको रोकथाम प्रति वृहत छलफल

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

अजय मिश्र,कपिलवस्तु , चैत्र २७
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कपिलवस्तु जिल्लालाई बचाउन र भाइरसको रोक थाम गर्नको लागि हिजो बुधवारका दिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सभाकक्षमा जिल्लाका बिभिन्न ठाउबाट ५नं.प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको नेतृत्वमा आएका मस्जिद मदरसाका अध्यक्ष र अल्पसंख्यक मुस्लिम समुदायका अगुवाहरु र प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल, जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर राणा, सशस्त्र प्रहरी बल का जिल्ला प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनक पुरी लगायत अधिकारीहरु बिच बृहत छलफल भएको थियो। धार्मिक हिसावले मुस्लिमहरुको भेला र अत्यावश्यक कामकाजमा सामाजिक दुरी कायम गर्दै पाँच जना भन्दा बढी भेला नहुँन पनि आग्रह गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए। मुस्लिम धर्मगुरु बाहेक अरु सबैले आ–आफनो घरमा नमाज पढ्नको लागि आग्रह गरिएको थियो । प्रजिअ पौडेलले कार्यक्रममा सबै मुस्लिम धर्म गुरुलाई विदेशबाट तिन हप्ता भित्र कुनै ब्यक्ति नेपालमा आएको देखिएमा उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सबैले सहयोग गर्नुपर्ने बताए । आ–आफ्नो स्तरबाट कोरोना भाइरस बिरुद्ध सचेतना जगाउन सवै अल्पसंख्यक मुस्लिम समुदायलाई आफनो घरमा नमाज पढ्न जानकारी गराउने मुस्लिम समुदायका अगुवा र मदरसा मस्जिदका अध्यक्षहरुले प्रतिवद्धता व्यक्त गरेका थिए। नेपाल सरकारले दिएको निर्देशनको सम्मान गर्दै पूर्णरुपमा पालन गरेको र निरन्तर समाजमा जन चेतना मूलक कार्यक्रम गरी अल्पसंख्यक मुस्लिम समुदाय लगायत अन्य समुदायहरुमा पनि सचेतना दिदै कोरोना भाइरस रोकथामको लागि कपिलवस्तुमा रहेका प्रत्येक मदरसाहरुलाई चैत्र ५ गतेदेखि नै बन्द गरी सकेको ५नं प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले उल्लेख गरे । उपाध्यक्ष खाँले नमाज पढ्नामा सवैभन्दा भिड हुने शुक्रबार मस्जिदमा नमाज पढ्नमा रोक लगाइसकेको समेत जानकारी दिए। कार्यक्रममा अकिल मियाँले अल्पसंख्यक नेपाली मुस्लिमहरु सधैभरी आफनो देशको अप्ठ्यारो परिस्थीतिमा नेपाल सरकारको साथ दिदै आएको छ।मुस्लिम समुदायले भब्य रुपमा मनाउदै आएका मोहम्मद डे जसमा दशौ हजार मुस्लिम एकत्रित भइ हर्षोल्लासका साथ प्रत्येक बर्ष बनाउदै आएका थिए । तर गत बर्ष कृष्णनगरको स्थिति ठिक न रहेकोले समुदायले मोहम्मद डे भब्य तरीकाले न मनाइ आ आफ्नो घर मै मनाएका र यस्ता किसिमका धेरै उदहारण रहेका छन् । आज देशलाई कोरोना भाइरसको उच्च जोखिमबाट बचाउना हुन सक्ने सहयोग दिन यो समुदाय तैयार रहेको सभापति मियाले बताउदै कुनै न कुनै दिन यो लाकडाउन खुल्छ र खुले पछि विदेशहरुमा फसेका नेपाली हरु एक्काशी हजारौ हजारको संख्यामा नेपाल भित्र आउछन। विदेश बाट आउने मान्छेहरुको सीमा नाका व एयरपोर्टमा उचित चेक जाच गरेर मात्रै नेपालमा आउन दिने नेपाल सरकार संग अग्रह समेत गरे । छलफल को क्रममा मिर्जा अरसद बेग, यशोधरा गाऊपालिका समिति अध्यक्ष हजरत अली लगायतका अगुवाहरुले आ आफ्नो सुझाव सल्लाह दिई आफू बचौ र अर्का लाई बचाउन पूर्ण सहयोग दिने प्रतिबद्धता जनाए । कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की लगायत जावेद आलम, नूर मोहम्मद खालिद, मौलाना नियाज मदनी, अब्दुल मोतिम, फैजल खान,इकरार अहमद खां,अहले सुन्नत नाईमिया नेपाल का अध्यक्ष नसरुल्लाह खां, जमाल शाह, युवा व्यापारी असलम खां, मौलाना जहरीर अहमद बरेलवी, जामिया इस्लामिया नईमिया विद्यालय का अध्यक्ष अब्दुल कलाम खां लगायत मुस्लिम अगुवा हरु को उपस्थित रहेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!