०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

प्रसासन र मुस्लिम अगुवाहरू बिच कोरोना भाइरसको रोकथाम प्रति वृहत छलफल

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

अजय मिश्र,कपिलवस्तु , चैत्र २७
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कपिलवस्तु जिल्लालाई बचाउन र भाइरसको रोक थाम गर्नको लागि हिजो बुधवारका दिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सभाकक्षमा जिल्लाका बिभिन्न ठाउबाट ५नं.प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको नेतृत्वमा आएका मस्जिद मदरसाका अध्यक्ष र अल्पसंख्यक मुस्लिम समुदायका अगुवाहरु र प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल, जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर राणा, सशस्त्र प्रहरी बल का जिल्ला प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनक पुरी लगायत अधिकारीहरु बिच बृहत छलफल भएको थियो। धार्मिक हिसावले मुस्लिमहरुको भेला र अत्यावश्यक कामकाजमा सामाजिक दुरी कायम गर्दै पाँच जना भन्दा बढी भेला नहुँन पनि आग्रह गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए। मुस्लिम धर्मगुरु बाहेक अरु सबैले आ–आफनो घरमा नमाज पढ्नको लागि आग्रह गरिएको थियो । प्रजिअ पौडेलले कार्यक्रममा सबै मुस्लिम धर्म गुरुलाई विदेशबाट तिन हप्ता भित्र कुनै ब्यक्ति नेपालमा आएको देखिएमा उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सबैले सहयोग गर्नुपर्ने बताए । आ–आफ्नो स्तरबाट कोरोना भाइरस बिरुद्ध सचेतना जगाउन सवै अल्पसंख्यक मुस्लिम समुदायलाई आफनो घरमा नमाज पढ्न जानकारी गराउने मुस्लिम समुदायका अगुवा र मदरसा मस्जिदका अध्यक्षहरुले प्रतिवद्धता व्यक्त गरेका थिए। नेपाल सरकारले दिएको निर्देशनको सम्मान गर्दै पूर्णरुपमा पालन गरेको र निरन्तर समाजमा जन चेतना मूलक कार्यक्रम गरी अल्पसंख्यक मुस्लिम समुदाय लगायत अन्य समुदायहरुमा पनि सचेतना दिदै कोरोना भाइरस रोकथामको लागि कपिलवस्तुमा रहेका प्रत्येक मदरसाहरुलाई चैत्र ५ गतेदेखि नै बन्द गरी सकेको ५नं प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले उल्लेख गरे । उपाध्यक्ष खाँले नमाज पढ्नामा सवैभन्दा भिड हुने शुक्रबार मस्जिदमा नमाज पढ्नमा रोक लगाइसकेको समेत जानकारी दिए। कार्यक्रममा अकिल मियाँले अल्पसंख्यक नेपाली मुस्लिमहरु सधैभरी आफनो देशको अप्ठ्यारो परिस्थीतिमा नेपाल सरकारको साथ दिदै आएको छ।मुस्लिम समुदायले भब्य रुपमा मनाउदै आएका मोहम्मद डे जसमा दशौ हजार मुस्लिम एकत्रित भइ हर्षोल्लासका साथ प्रत्येक बर्ष बनाउदै आएका थिए । तर गत बर्ष कृष्णनगरको स्थिति ठिक न रहेकोले समुदायले मोहम्मद डे भब्य तरीकाले न मनाइ आ आफ्नो घर मै मनाएका र यस्ता किसिमका धेरै उदहारण रहेका छन् । आज देशलाई कोरोना भाइरसको उच्च जोखिमबाट बचाउना हुन सक्ने सहयोग दिन यो समुदाय तैयार रहेको सभापति मियाले बताउदै कुनै न कुनै दिन यो लाकडाउन खुल्छ र खुले पछि विदेशहरुमा फसेका नेपाली हरु एक्काशी हजारौ हजारको संख्यामा नेपाल भित्र आउछन। विदेश बाट आउने मान्छेहरुको सीमा नाका व एयरपोर्टमा उचित चेक जाच गरेर मात्रै नेपालमा आउन दिने नेपाल सरकार संग अग्रह समेत गरे । छलफल को क्रममा मिर्जा अरसद बेग, यशोधरा गाऊपालिका समिति अध्यक्ष हजरत अली लगायतका अगुवाहरुले आ आफ्नो सुझाव सल्लाह दिई आफू बचौ र अर्का लाई बचाउन पूर्ण सहयोग दिने प्रतिबद्धता जनाए । कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की लगायत जावेद आलम, नूर मोहम्मद खालिद, मौलाना नियाज मदनी, अब्दुल मोतिम, फैजल खान,इकरार अहमद खां,अहले सुन्नत नाईमिया नेपाल का अध्यक्ष नसरुल्लाह खां, जमाल शाह, युवा व्यापारी असलम खां, मौलाना जहरीर अहमद बरेलवी, जामिया इस्लामिया नईमिया विद्यालय का अध्यक्ष अब्दुल कलाम खां लगायत मुस्लिम अगुवा हरु को उपस्थित रहेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]