०७ आषाढ २०८२, आइतबार
22-06-2025 , Sun
×

भारतमा नेपालीको बिचल्ली सडक पेटीमै दिनरात बिताउँन बाध्य

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

विगत ६ वर्ष देखि महाराष्ट्रको मुम्बइस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ ।
निरन्तरको बसाइले त्यहाँ धेरै घुलमिल उनी तिबेला कोरोना भाइरसको जोखिम हुन नदिन भारतले लगाएको लकडाउनपछि विचल्लीमा परेका नेपालीलाई सम्पर्कमा ल्याउन व्यस्त छन् । ‘घरबाट बुवा/आमाको रातो टीका र धन कमाउने आशिर्वाद लिएर विदा सकेर चार महिनाअघि मात्रै काममा फर्किए’ मुम्बइबाट टेलिफोनमा उनले भने, ‘अब त धन कमाएर घर पठाउनेभन्दा पनि बाँच्न नै मुश्किल पर्यो ।’
उनीसँग उक्त होटलमा कार्यरत दोधारा चादँनीका चार युवक लकडाउनदेखि आश्रय लिइरहेका छन् । उनले कञ्चनपुर, कैलाली र बैतडीलगायत जिल्लाका दैनिक ज्यालादारीमा काम गर्ने मजदूर लकडाउनका कारण सडक पेटीमा रात बिताइरहेको जानकारी दिए ।
‘धेरैलाई त घरबेटी नै निकाल्दैछन्’ उनले भने, ‘जहान परिवार र लालाबाला लिएर यो विपतको घडीमा कहाँ जाउन् ।’ उनले आफूहरु सकुशल घर फर्किने पाए भन्ने ठूलो आशमा बसेको बताए । ‘सुदूरपश्चिमका मात्रै यहाँ अलपत्र परेका ३०० जति सम्पर्कमा छन्’ उनले भने, ‘सबैको एक स्वर छ, हामीलाई सरकारले स्वदेश फर्काउने वातावरण बनाइदेओस् ।’
कार्कीले दैनिक जसो मुम्बइ र आसपासका क्षेत्रमा नेपाली मजदूरहरुले व्यहोरी रहेको समस्या सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । ‘यहाँ रहेकाको बेदना कसैले सुन्छन् कि भनेर सामाजिक सञ्जालको सहारा लिइरहेका छौँ ‘ उनले भने, ‘हामीलाई उद्धारका लागि पहल गर्न आग्रह गर्छौँ ।’
उनले सीमा क्षेत्रको अवस्था केही समयका लागि सामान्य बनाएर नेपालीलाई स्वदेशकै क्वारेन्टाइनमा पुर्याउन माग गरे । ‘कोरोनाको जोखिमप्रति हामी पनि चिन्तित छौँ’ उनले भने, ‘नेपालबाट हामीलाई लिन बस पठाइ दिए हामी आफै बस भाडा तिर्थ्यौं भन्नेमा छौँ ।’
बैतडीका जगदीश भण्डारीले ६० जना मजदुर मुम्बइमा अलपत्र परेको जानकारी दिए । ‘होटलको स्टाफ रुपमा कोचिएर रात दिन काट्नुपर्ने अवस्था छ’ उनले भने, ‘अरु बिरामी पर्दा औषधि लिन सुरक्षाकर्मीले जान दिएको अवस्था छैन ।’
त्यसैगरी मुम्बइको अन्धेरीमा होटलमा काम गर्दै आइरहेका कञ्चनपुरको दोधारा चादँनीका राजेन्द्र चन्दले लकडाउनका कारण होटल साहुले घर जान दबाब दिइरहेको बताए । ‘खान, बस्न त अहिलेसम्म ठिकै थियो’ चन्दले भने, ‘हिजो साहुले लकडाउन लम्बिन्छ घर जाउँ भन्यो ।’
उनले आफू पारिवारिक पस्थितिले तीन महिनाघि मुम्बइ आएको बताउँदै उद्धारका लागि सरकारले ध्यान दिनुपर्ने बताए । ‘भारतीय सरकारसित यहाँ रहेका अलपत्र नेपालीको खानपिन र बसोबासका लागि समन्वय गरिदिए पनि हुन्थ्यो’ उनले दुखेसो गरे, ‘नेपाली बिरामी परे पनि अस्पताल पुर्यादिने छाँट छैन ।’
त्यसैगरी कञ्चनपुरको बेल्डाँडी–३ का जनकराज भट्ट पनि मुम्बइमा समस्यामा परेका छन् । उनले दिल्लीमा रहेको दूतावासको टेलिफोन नै रिसिभ नहुने गरेको दुखेसो पोखे । ‘दूतावासको फोन नै उठदैन’ उनले भने, ‘उठाइहाले पनि कोही बोल्दैनन् ।’
यसअघि पनि भारतमा समस्यामा रहेका धेरै नेपालीले दूतावासप्रति गुनासो पोखेका थिए । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका नागरिक रोजगारीका लागि नयाँ दिल्ली, मुम्बइ, पुना, बैंग्लोर, पञ्जाव, हरिद्धार, लोहाघाट, पिथौरागढलगायतका क्षेत्रमा जाने गर्छन् ।
सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट कोरोना भाइरसको सङ्क्रमणको त्रासदी र लकडाउनपछि गरेर एक लाख ४३ हजार नागरिक यहाँका नाकाबाट घर फर्किएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ ।
भारतबाट घर फर्किएकामध्ये कञ्चनपुरको बेदकोट नगरपालिकाका र कैलालीको लम्की चुहा नगरपालिकाकाका एक/एक जनामा कोरोनाका सङ्क्रमण देखिएको छ । दुवै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
दार्चुलाको सीमावर्ती भारतीय बजार धारचुलादेखि कञ्चनपुरको टनकपुर हुँदै बनवासासम्म गरी करिब एक हजार १०० भन्दा बढी नेपाली त्यहाँ क्वारेन्टाइनमा बसिरहेका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । कैलाली जिल्ला कारागारमा रहस्यमय मृत्यु भएका डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको घटना छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली धनगढीमा खटिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा एक टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । उक्त टोलीमा एसपी, डिएसपी, इन्स्पेक्टर तथा सीआईबीका अधिकारीहरू छन् […]

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बिभिन्न सवारी साधनहरु तीब्र गती तथा स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनुका साथै समाजमा सडक प्रयोगकर्ताहरु असुरक्षित भएकोले उक्त किसिमका कार्य तथा सवारी दुर्घटना न्यूनिकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमको उपस्थितीमा घोराही क्षेत्रका बिभिन्न सवारी साधनहरुका वर्कशप तथा सो-रुमका सँचालकहरुको […]

दाङ । गढवा गाउँपालिका वडा नं. १ मलमलामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमहरूको संकलन तथा छनोटका लागि अन्तरक्रिया कार्यक्रम तथा वडा भेला सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको […]

error: Content is protected !!