२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

लकडाउन तत्काल हट्दैन :

Logo
प्रकाशित शनिबार, चैत्र २९, २०७६

प्रधानमन्त्री ओली काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण बारे सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार सिहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका हुन। छलफलमा प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने र नेपालभारत सीमा नाकामा अझै कडाइ गरिने बताएका छन्। मुख्यमन्त्रीहरुसँग नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबार जानकारी लिँदै प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले गरेका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भने-‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन।’ लकडाउनमा प्रशासनिक लापरबाही नगर्न समेत प्रधानमन्त्री ओलीले निर्देशन दिए। प्रशासनिक लापरवाही हुनैभएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने समेत उनले बताए। प्रधानमन्त्री ओलीले सरसफाईमा ध्यान दिन, माक्स, चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि पनि प्रदेशका मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन्। साथै प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि अलग्गै संयन्त्र आवश्यक नरहेको पनि बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-आर्थिक पक्ष सबल बन्नेछ। व्यापार तथा व्यवसायमा मुनाफा बढ्नेछ। पारिवारिक आत्मियता बढ्ने संकेत छ। यात्रा लाभदायी हुनेछ तर अनावश्यक खर्चबाट सचेत रहनुहोस्। वृष-कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। वाक्चातुर्यको प्रयोग गर्दा लाभ हुनेछ। दाम्पत्य सम्बन्धमा समझदारी आवश्यक छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन-मेहनतको प्रशंसा हुनेछ। पदोन्नति वा सम्मान पाउने योग छ। आर्थिक लाभको अवसर आउन सक्छ। नयाँ सम्झौता वा […]

कैलाली । केही महिनादेखि शान्ति–सुरक्षाको सट्टा अशान्ति र हिंसाको पर्याय बन्दै आएको जिल्ला कारागार कैलालीमा शुक्रबार राति फेरि रक्तपातमा परिणत भएको छ । केही महिना यता दुई समूहबीच चलिरहेको झडपको क्रम शुक्रबार राति हिंसात्मक हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदी भरत चौधरीको ज्यान गएको हो । साथै ४७ जना कैदी घाइते भई सेती प्रादेशिक […]

  गाजा । क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् । इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ […]

error: Content is protected !!