३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

अलपत्र बसेका नागरिकहरुको सरकारले ब्यबस्थापन गर्नुपर्छ जनमोर्चा अध्यक्ष : आचार्य

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

(सागर थापा)
राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरी अध्यक्ष गणेश आचार्यले अहिले बिश्व ब्यापी रुपमा नोभेल कोरोना भाइरसको महा आतंक सृजना भइरहेको छ । यसका कारणले मान्छेको जन जीवन धेरै कस्टकर बनिरहेको छ । नेपालमा अहिले सम्म नोभेल कोरोना भाइरसकै कारण मान्छेको मृत्यु नभए पनि दैनिक जीवन धेरै कस्ट्पुर्ण भएको छ । बिश्वका विभिन्न देशहरुमा श्रमको लागि रहेका नेपालीहरुमा भाइरस संक्रमण बढ्दो क्रममा छ । कैयौंको मृत्यु भैसकेको छ भने ठूलो संख्यामा देश बाहिर रहेका नेपालीहरुको जन जीवन पनि कस्टकर बनेको छ । खासगरी भारतमा कार्यरत नेपाली हरु ठूलो संख्यामा अलपत्र परेर असुरक्षित रुपमा बसेका छ्न । ती नागरिकहरुको उचित ब्यबस्थापन गर्न सरकारको ध्यान जान जरुरी छ । अहिले साना किसानहरु ठूलो संकटमा परेका छ्न । कुखुरा पालक किसानहरु ऋणमा खोरमा कुखुरा राखेका छ्न । त्यो कुखुरालाइ खुवाउने दाना पाइरहेका छैनन । जसका कारण कुखुरा मर्ने अबस्था छ । सरकार दाना बोक्न दिए पनि कुखुरा व्यावसायी ले कुखुरा बेच्न नपाएको कारण दाना खरीद गर्न सकेका छैनन । यो समस्यामा धेरै किसानहरु रहेका छ्न । त्यसैले स्थानीय सरकारले दानाको ब्यबस्थापन गर्ने र किसानहरुलाइ सामाजिक दुरी कायम गर्दै बिक्री गरेर दानाको पैसा लिने बाताबरण निर्माण गर्न जरुरी छ । यस्तै बाटोमा धेरै यात्रीहरु कस्टपुर्ण यात्रा गरीरहेका छ्न । त्यो समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ । रोगको डर हुदा हुँदै पनि सजिलो अबस्थाले मान्छे चारा पाच सय किलोमीटरको पैदल यात्रा गरेका छैनन । यो बुझेर समाधान को बाटो निकाल्न जरुरी छ । सरकारले दैनिक ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्ने नागरिक लाई राहातको प्याकेज ल्यायको छ । यो स्वागत योग्य कुरा छ । तर राहतमा अनियमितता भएको , वास्तविक समस्या भएकाले नपाएको , समस्या नभएका मान्छेहरु नै राहतमा आएको र नेतृत्वमा भएकाले आफ्ना मान्छेलाई मात्र राहत दिने गरेको कुराहरु आएका छ्न । जिल्लामा बैठक बसेर वडा अध्यक्षको नेतृत्वमा सर्बदलिय समयन्त्र बनाएर त्यही समयन्त्र ले राहत दिन पर्ने मान्छेको अबिलेख तयार गरेर मात्र राहत दिने निर्णय भए पनि कतिपय ठाउमा त्यसो नगरीको कुरा आइरहेको छ यसमा सम्बन्धित स्थानीय तहको ध्यान जान जरुरी छ । अन्त्यमा सबै नागरिकहरुलाइ हतोत्साहित नभएर सुरक्षित बस्न र नोभेल कोरोना भाइरस को संक्रमण बाट जोगिन अनुरोध गर्न चाहान्छौ । राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरी अध्यक्ष गणेश आचार्यको प्रेस बिज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!