०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

लकडाउनको कारण कालोबजारी गर्नेहरु सक्रिय प्रहरी कार्वाही गर्दै

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

बर्दिया विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण लगायत उपचारका लागि गरिएको लकडाउनका बेला व्यवसायीले उपभोग्य सामाग्रीमा कृतिम अभाव श्रृजना गर्दै कालोबजारी गर्न थालेका छन् । स्थानीयहरुको अत्यावस्यक खाद्यान्न लगायतका उपभोग्य वस्तुहरूमा मनोमानी मूल्य वृद्धि गर्दै कालोबजारी गरिएको हो ।
कोभिड–१९ संक्रमण रोक्न लकडाउन भएका अवस्थामा प्रहरीले कालोबजारी गरेको आरोपमा बर्दियामा ५ जनालाई पक्राउ गरेको छ। लकडाउनको संकटपूर्ण अवस्थामा बर्दियाको बाँसगढी नगरपालिका-५ बजारमा अवस्थित वुद्ध मेडीकलमा संक्रमण रोक्न प्रयोग गरिने सेनिटाइजर प्रिन्ट मूल्यभन्दा तीनगुना बढीमा बिक्री गरेको भेटिएपछि मेडिकलका संचालक ३९ वर्षीय बुद्धि चौधरीलाई पक्राउ गरी प्रहरीले मुद्धा दर्ता गरेको छ । चौधरीले ४ सय ५९ रुपैयाँ प्रिन्ट मूल्य रहेको सेनिटाईजर १५ सय रुपैयाँमा ब्रिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले भने, ‘विश्वब्यापी रूपमा फैलिरहेको भाइरस संक्रमण जोखिमको विषम परिस्थितिमा जनताले प्रयोग गर्ने अत्यावस्यक मेडिकल सामाग्री सेनिटाइजर बजार मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि मेडीकल संचालकलाई पक्राउ गरेका छौं । उनी उपर कालोबजारी मुद्धा दर्ता गरी गम्भीर अनुसन्धान भइरहेको छ ।’
कोरोना महामारीकै अवस्थामा बढैयाताल गाउँपालिका वार्ड नम्वर ८ स्थित सितला बजारमा रहेको दामोदर शर्मा किराना एण्ड जनरल पसलमा चिनी र पिठो लगायतका खाद्यान्न सामाग्री बजार दररेटभन्दा बढीमा बिक्री गरेको बिलसमेत फेला पारेपछि किराना पसल संचालकलाई पक्राउ गर्यो । उनलाई कालो बजारी मुद्धा अन्तर्गत अनुसन्धान गरी कारवाही प्रकृया अघि बढाइएको प्रहरी उपरीक्षक बास्तोलाले बताए । कोरोना महामारीको विषम परिस्थितिमा संक्रमण रोकथाम, उपचार लगायत कालोबजारी नियन्त्रण गर्न सक्रियता बढाइएको उनको भनाइ छ । पक्राउ गर्दै कारवाही गर्न थालेपछि कालोवजारी नियन्त्रण भएको प्रहरीको दावी छ ।
मधुवन नगरपालिका वडा नम्वर ६ सानोश्री बजार स्थित अप्सरा ट्रेडर्सका संचालकले उपभोग्य वस्तु चिनी बजार दररेटभन्दा बढीमा बेचेको भेटेर प्रहरीले व्यवसायीलाई पक्राउ गरेको छ । व्यवसायी नारायण लम्साललाई कानूनबमोजिम नियन्त्रणमा लिइ मुद्धा दर्ता गरिएको प्रहरीले जानकारी दियो । ‘कोरोना महामारीका कारण पक्राउ गरिएकालाई ४० देखि ५० हजार रुपैयाँ धरौटीमा रिहाइ गरिएको छ’, उनले थपे, ‘महामारीको अवस्था सामान्य भएपछि सबैलाई थप कानूनी प्रकृयामा लैजान्छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  धनगढी । ह्याकरले बोर्डमा ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेका छन्। प्रहरी कार्यालयको यो बोर्डमा देखिएको सन्देशको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो कार्यलाई […]

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार २५ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश […]

  काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा, प्रहरी बृत चापागाँउ ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लको अध्यक्षता, प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्र पर्ने वडा एरियाका स्थानीय पालिका प्रमुख तथा जन प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, भद्र भलादमी, नागरिक समाज, मानव अधिकार […]

error: Content is protected !!