२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

लकडाउनको कारण कालोबजारी गर्नेहरु सक्रिय प्रहरी कार्वाही गर्दै

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

बर्दिया विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण लगायत उपचारका लागि गरिएको लकडाउनका बेला व्यवसायीले उपभोग्य सामाग्रीमा कृतिम अभाव श्रृजना गर्दै कालोबजारी गर्न थालेका छन् । स्थानीयहरुको अत्यावस्यक खाद्यान्न लगायतका उपभोग्य वस्तुहरूमा मनोमानी मूल्य वृद्धि गर्दै कालोबजारी गरिएको हो ।
कोभिड–१९ संक्रमण रोक्न लकडाउन भएका अवस्थामा प्रहरीले कालोबजारी गरेको आरोपमा बर्दियामा ५ जनालाई पक्राउ गरेको छ। लकडाउनको संकटपूर्ण अवस्थामा बर्दियाको बाँसगढी नगरपालिका-५ बजारमा अवस्थित वुद्ध मेडीकलमा संक्रमण रोक्न प्रयोग गरिने सेनिटाइजर प्रिन्ट मूल्यभन्दा तीनगुना बढीमा बिक्री गरेको भेटिएपछि मेडिकलका संचालक ३९ वर्षीय बुद्धि चौधरीलाई पक्राउ गरी प्रहरीले मुद्धा दर्ता गरेको छ । चौधरीले ४ सय ५९ रुपैयाँ प्रिन्ट मूल्य रहेको सेनिटाईजर १५ सय रुपैयाँमा ब्रिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले भने, ‘विश्वब्यापी रूपमा फैलिरहेको भाइरस संक्रमण जोखिमको विषम परिस्थितिमा जनताले प्रयोग गर्ने अत्यावस्यक मेडिकल सामाग्री सेनिटाइजर बजार मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि मेडीकल संचालकलाई पक्राउ गरेका छौं । उनी उपर कालोबजारी मुद्धा दर्ता गरी गम्भीर अनुसन्धान भइरहेको छ ।’
कोरोना महामारीकै अवस्थामा बढैयाताल गाउँपालिका वार्ड नम्वर ८ स्थित सितला बजारमा रहेको दामोदर शर्मा किराना एण्ड जनरल पसलमा चिनी र पिठो लगायतका खाद्यान्न सामाग्री बजार दररेटभन्दा बढीमा बिक्री गरेको बिलसमेत फेला पारेपछि किराना पसल संचालकलाई पक्राउ गर्यो । उनलाई कालो बजारी मुद्धा अन्तर्गत अनुसन्धान गरी कारवाही प्रकृया अघि बढाइएको प्रहरी उपरीक्षक बास्तोलाले बताए । कोरोना महामारीको विषम परिस्थितिमा संक्रमण रोकथाम, उपचार लगायत कालोबजारी नियन्त्रण गर्न सक्रियता बढाइएको उनको भनाइ छ । पक्राउ गर्दै कारवाही गर्न थालेपछि कालोवजारी नियन्त्रण भएको प्रहरीको दावी छ ।
मधुवन नगरपालिका वडा नम्वर ६ सानोश्री बजार स्थित अप्सरा ट्रेडर्सका संचालकले उपभोग्य वस्तु चिनी बजार दररेटभन्दा बढीमा बेचेको भेटेर प्रहरीले व्यवसायीलाई पक्राउ गरेको छ । व्यवसायी नारायण लम्साललाई कानूनबमोजिम नियन्त्रणमा लिइ मुद्धा दर्ता गरिएको प्रहरीले जानकारी दियो । ‘कोरोना महामारीका कारण पक्राउ गरिएकालाई ४० देखि ५० हजार रुपैयाँ धरौटीमा रिहाइ गरिएको छ’, उनले थपे, ‘महामारीको अवस्था सामान्य भएपछि सबैलाई थप कानूनी प्रकृयामा लैजान्छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!