३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

स्युराज पात्रिकाको सामाजिक उत्तरदायित्व कोराना विरूद्ध आर्थिक सहयोग

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

चन्दौटा , कपिलवस्तु, वैशाख १
स्यूराज मिडिया प्रा.लि.द्वारा प्रकाशित स्यूराज खबर साप्ताहिक पत्रिकाले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एघार हजार एक सय रुपैयाँ एघार सहयोग गरेको छ ।
स्यूराज साप्ताहिक पत्रिकाले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी हात बढाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट उत्पन्न प्रतिकूल अवस्थाबाट दैनिक गुजारा चलाउन नसक्ने ज्यालादारी श्रमिक, अति गरिब, असहाय र विपन्न परिवारलाई राहतका लागि ऐक्यबद्धता जनाउँदै सो रकम सहयोग गरेको स्यूराज मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्बासेले जानकारी दिए । स्यूराज मिडिया प्रा.लि.का अध्यक्ष बेल्बासे र स्यूराज खबर साप्ताहिक पत्रिकाका सम्पादक शरद अधिकारीले नगरप्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
२०७५ बैशाख १ गते स्थापना भई एक वर्ष पूरा गरेको अवसरमा वार्षिकोत्सव मनाउन नपाएपनि विपद्को घडीमा सामाजिक उत्तरदायित्वको काममा सहयोग गरेको स्यूराज खबर साप्ताहिकका सम्पादक शरद अधिकारीले बताए । अहिलेको विषम परिस्थितिमा नगरले अपनाएको एकद्वार प्रणालीबाट अति गरिब, निमुखालाई राहत वितरणमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पत्रिकाको वार्षिकोत्सवको उपलक्ष्यमा सानो सहयोग गरेको सम्पादक अधिकारीले भने । सोही कार्यक्रमका बीच पत्रिकाका सम्पादक एवं नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिकारीले आफ्नो व्यक्तिगत तर्फबाट नगरको विपद्कोषमा ५हजार ५सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
चेक बुझ्दै नगर प्रमुख नेत्रराज अधिकारीले विषम परिस्थितिमा गरेको सानो सहयोगले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । विश्वलाई आतंकित बनाएको कोभिड १९ का कारण प्रभावित अति विपन्न र असहायक परिवारको दैनिकीमा ठूलो राहत पुग्ने नगरप्रमुख अधिकारीले बताए । यससँगै शिवराज विपद्कोषमा निजी क्षेत्रबाट ७ लाख ६४ हजार बत्तीस रुपैयाँ सहयोग प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् । विजयनगर गाउँपालिका लाई समेत रू 10 000 दश हजार दिने घोषणा गरिएको अध्यक्ष अर्जुन बेल्बासे ले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!