१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

तरकारीको गाडीमा दाङ्ग उद्योग वाणिज्य संघको ब्यानर दुरुपयोग अध्यक्ष:भुसाल

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

(सागर थापा)
दाङको तुलसीपुरमा भारतबाट नेपालगन्ज भन्सार हुदै तरकारी र फलफूल आउने गरेको भन्दै तुलसीपुरका विभिन्न सरोकारवाला निकायहरुले अनुगमन गरिरहेको वेलामा दाङ्ग उद्योग वाणिज्य संघ र कृषि उपज वजार समन्वय समितिको ब्यानर टाँगेको गाडी तरकारी ल्याउनका लागि तुल्सीपुरको तरकारी वजारमा आएको र गाडीलाई सोधपुछ गर्दा तुलसीपुरबाट नियमित रुपमाम तरकारी लग्ने गरेको गुनासो आए पछि स्थानीय सरोकारवालाको रोहवरमा रा १ ख ८४६ नम्वरको गाडी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा लगिएको थियो । भारतबाट ल्याइएको तरकारी र फलफूल दाङ्गका विभिन्न वजारमा जाने गरिएको स्थानीयहरुको आरोप छ । नेपालगञ्ज भन्सार हुँदै दाङको तुलसीपुरमा तरकारी र फलफूल आउँदा संक्रमण फैलेन त्रास वढेपछि तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिका लगायतले अनुगमन गरेका थिए । यता यस विशेषमा दाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले नियन्त्रणमा लिएको तरकारीको गाडीमा दाङ उद्योग बाणिज्य संघको ब्यानर टाँगेर दुरुपयोग भएको बताएका छ्न साथै ब्यानर दुरुपयोग गर्नेलाई कानुन बमोजिम कार्वाहीको माग समेत अध्यक्ष भुसालले गर्नु भएको छ लकडाउन भए देखि अहिलेसम्म भारती तरकारी र फलफूल घोराहीमा बिक्री नगरेको भन्दै केही दिन यता दाङको भालुवाङमा स्थानीयबासीहरुले रोके पछी एबिसी संचार र खबर 24 नेपाल अनलाईनहरुमा समाचार आए पछी कृष्णनगरबाट आएको तरकारी र फलफूल बिक्रीमा रोक लगाई फिर्ता समेत गरेको बताए भारती तरकारीको गाडीहरूले घोराही बाहेक अन्य ठाँउहरुमा तरकारी बीच बाटोमा बिक्री गर्ने गरेको गुनासो आउने गरेको बताए दाङलाई पुग्ने पुग्ने गरि तरकारी सल्यान रोल्पा रुकुम प्युठान देउखुरी लगाएतको ठाँउहरु बाट मात्र आउने गरेको भारती तरकारी र फलफूलमा पुर्ण रोक लगाएको बताए । यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले नेपाल सरकारले कानुन बमोजिम भारतबाट आउतजाउत गर्न अत्यावश्यक बस्तु पेट्रोल डिजेल ग्यास तरकारी फलफूल लगाएतलाई रोक न लगाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!