२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लकडाउनको बेला प्रहरीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

जनकपुरधाम लकडाउन पालना गराउने क्रममा सिरहाको पटेर्वामा सोमबार साँझ भएको घटनामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन पालना गराउने क्रममा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले झडपमा संलग्नमध्ये १३ जना स्थानीयलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । ‘घटनामा संलग्न मध्ये १३ जनालाई नियन्त्रणमा लिएका छौं, अन्यको खोजी भइरहेको छ,’ एसपी चतुर्वेदीले भने । अहिले पटेर्वाको स्थिति नियन्त्रणमा रहेको उनले बताए । चतुर्वेदीले घटनास्थलमा प्रहरीले गस्ती गरिरहेको जानकारी दिए ।
सिरहाको सिरहा नगरपालिका–१७ पटेर्वामा लकडाउन उल्लंघन नगर्न सम्झाइ बुझाइ गरिरहेको अवस्थामा प्रहरीमाथि ढुंगामुढा हुँदा दोहरो झडप भएको थियो । झडप साम्य पार्न प्रहरीले २३ राउण्ड हवाइ फायर गरेको थियो ।
झडपको क्रममा स्थानीयले गरेको ढुंगामुढमा परी तीनजना प्रहरी घाइते भएका छन् भने प्रहरीको दुइटा गाडीमा क्षति पुगेको छ । घटनापछि त्यहाँका अधिकांश व्यक्तिहरु फरार रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]