०८ भाद्र २०८२, आइतबार
24-08-2025 , Sun
×

६. नम्बर प्रदेशमा दूध तरकारी फलफूल पशुपंक्षीजन्य वस्तु आयातमा रोक

Logo
प्रकाशित बुधबार, बैशाख ०३, २०७७

बाहिरबाट कर्णाली प्रदेशमा दूध, तरकारी फलफूल र पशुपंक्षीजन्य वस्तु आयातमा पूर्ण रोक लगाइएको छ। कर्णाली प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टर (पीसीएमसी) को मंगलबार बसेको बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि दूध र दुग्धजन्य पदार्थ, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य उत्पादन भित्र्याउन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि यस्तो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो। बैठकले अहिलेसम्म प्रदेश सरकारको तर्फबाट भए गरेका कामहरुको समीक्षा गर्नुका साथै प्रदेशमा कोरोना संक्रमित बिरामीहरु नभेटिएकोमा खुसी व्यक्त गर्दै लकडाउनलाई अझै प्रभावकारी बनाउन लाग्नुपर्नेमा जोड दिएको छ। त्यस्तै, बैठकले भारत लगायत तेस्रो मुलुकबाट भित्रिएका मानिसहरुको पहिचान गरी निगरानी गर्ने, ल्याव टेष्ट गर्ने र नयाँ आउने व्यक्तिहरुलाई तोकिएको अवधिभर अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन गरेको छ। छिमेकी प्रदेश र जिल्लाबाट कर्णाली प्रदेशमा प्रवेश गर्ने नाकाहरु कपुरकोट, कालिमाटी, बबई, पञ्चपुरी कुइने र चौकुने नाकामा थप सुरक्षा प्रवन्ध गर्नुपर्ने भएकोले सशस्त्र प्रहरीलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरिएको छ। हेर्नुहोस् प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टर (पीसीएमसी) का निर्णयहरु १. कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धमा प्रदेश सरकार, Province Crisis Management Centre बाट हालसम्म भएका निर्णयहरुको कार्यान्वयन अवस्थाको समिक्षा गरियो। नेपाल सरकारले घोषणा गरी लागू भैरहेको लकडाउनलाई वढी प्रभावकारी बनाउन कडाइकासाथ पालना गर्ने गराउने। यसको लागि विशिष्ठ प्रयोग बाहेकका सवारी साधनहरुको आवागमनमा पूर्णरुपमा रोक लगाउने। २. कोभिड-१९ को रोकथाम र नियन्त्रणलाई मध्यनजर राख्दै लकडाउनको पालनाको लागि वढी जनशक्ति प्रयोग हुने वाहेकका सीमित जनशक्तिबाट नियन्त्रित रुपमा मेसिन औजारको प्रयोग गरी सञ्चालन हुने विकास निर्माणका कार्यहरुलाई सञ्चालन हुन दिने। ३. भारत लगायत तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिएका मानिसहरुको पहिचान गरी निगरानी गर्ने, ल्याव टेष्ट गर्ने र नयाँ आउने व्यक्तिहरुलाई तोकिएको अवधिभर अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने । ४. छिमेकी प्रदेश र जिल्लाबाट मानिस भित्रिने कपुरकोट, कालिमाटी, बबई, पञ्चपुरी कुइने र चौकुने नाकामा थप सुरक्षा प्रवन्ध गर्नुपर्ने भएकोले सशस्त्र प्रहरीले आवश्यक व्यवस्था मिलाउने। ५. अर्को प्रदेशबाट यस प्रदेशमा दुध र दुग्धजन्य पदार्थ, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य उत्पादन भित्र्याउन अर्को व्यवस्था नहुँदा सम्म पूर्णरूपमा रोक लगाउने। ६. वन्दावन्दी (लकडाउन) को समयमा दैनिक ज्याला मजदुरी गर्ने व्यक्ति तथा परिवार र अन्य जिल्लाबाट अध्ययनको लागि आएका विद्यार्थीहरु परिहचान गरी राहत वितरणलाई व्यवस्थित गर्ने। ७. अहिलेको समयमा गाउँघरमा मौसमी बाली भित्र्याउने तथा बाली लगाउने समय भएकोले खेताला तथा श्रमिक प्रयोग नगरी गर्न सकिने बाली भित्र्याउने तथा बाली लगाउने कार्यहरू गर्न दिने। ८. वीरेन्द्रनगर नगरपालिकाको खुलामञ्चमा नेपाली सेनाको व्यवस्थापनमा स्थापना र सञ्चालनमा रहेको क्वारेन्टाईनमा संघीय मापदण्ड आउनु पूर्वदेखि राखिएका समूहका लागि (क्वारेन्टाईनमा राख्नुपूर्व होटलमा व्यवस्थापन गरिएका समेत) खाना तथा अन्य वन्दोबस्ती खर्चको लागि नेपाली सेनाको उत्तरपश्चिम पृतनाको लागत अनुमान अनुसार भएको सम्पूर्ण खर्चको भुक्तानीका लागि पृतनाले व्यस्था मिलाउने र त्यसको लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट बजेट उपलब्ध गराउने। ९. तोकिएको बन्दाबन्दी (लकडाउन)को अबधिमा कुनै पनि मार्गबाट प्रदेश भित्र प्रवेश नगर्न सवै आम जनसमुदायलाई आग्रह गर्ने। छिमेकी प्रदेशलाई समेत आफ्नो प्रदेशको मार्ग प्रयोग गरी यस प्रदेशमा स्वीकृति प्राप्त व्यक्तिबाहेक अरूलाई प्रवेशमा रोक लगाउन अनुरोध गर्ने, साथै माथिको आग्रहलाई बेवास्ता गरी प्रदेशभित्र प्रवेश गर्ने जोकोही व्यक्तिले अनिवार्य रूपमा तोकिएको अबधिसम्म क्वारेन्टाइनमा बस्नुपर्ने सूचना गर्ने र सो अनुसारको व्यवस्था मिलाउने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त शव रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको हो । रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन् । उनी अहिले माइती घरमै बस्दै आएकी थिइन् । रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ । गौर नगरपालिका-९ […]

जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीद्वारा भर्चुअल माध्यमबाट मधेश प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा छलफल तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा डीआइजी चतुर्वेदीले मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषा, सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र आठ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय […]

दाङ । मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले उल्लासपूर्वक मनाउने बर्का अट्वारी पर्वले सबैमा भाईचारा, एकता र समृद्धिको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गरेका हुन्। ‘प्रकृतिपूजक थारु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यो पर्वले मौलिक धर्म, संस्कृति र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ’शुभकामना सन्देशमा भनिएको छ,‘प्रदेशभित्र रहेका सबै जाति, समुदायका मौलिक धर्म, […]

error: Content is protected !!