२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

नागरिकहरुको जीवन रक्षानै प्रहरीको लक्ष्य हो एसपी : पन्त

Logo
प्रकाशित बुधबार, बैशाख ०३, २०७७

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गगा पन्तले नेपाल प्रहरी संगठनले आफ्नो कार्य सम्पादनको दौरान कुनै जात धर्म लिङ्ग वा क्षेत्र विशेषको आधारमा काखा पाखा गर्दैन । नेपाल प्रहरीका सदस्यहरुले जुनसुकै युनिटमा रहँदा पनि गर्ने काम भनेको सत्य , सेवा सुरक्षणमको मूल नाराको स्मरण, देश र जनताको जिउ धनको रक्षा अनि समाजलाइ शान्त र सुरक्षित राख्न आवश्यक कदम चाल्ने मात्रै हो । जुन सबै प्रहरीको दैनिकी हो । कोहि कसैले प्रहरीले कुनै धर्म विशेषकालाई अन्यथा व्यवाहार गरको भनेर कुप्रचार गर्छ भने त्यो कहीं कतै पनि यथार्थ हुनै सक्दैन, त्यस्ता कुराहरु केवल अफवाह हुने गर्छन , र त्यसलाइ त्यसै गरेर बुझिनु पर्छ । सम्पूर्ण नागरिकहरुको जीवन रक्षानै प्रहरीको एक मात्रै लक्ष्य रहन्छ र प्रहरीले जे गर्छ आफ्नो मूल लक्ष्यलाइ ध्यानमा राखेर गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!