२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

थप सशक्त बन्याे बाकेमा लक डाउन ६ ठाँउमा Help Desk राखियो

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

(सागर थापा) बाके जिल्ला अन्तरगत इलाका प्रहरी कार्यालय काेहलपुरले जारी लकडाउनलाई अझै सशक्त बनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको प्रभावबाट आम नागरिकहरुलाई सुरक्षा गर्नका लागि सो कदम चालिएको हो । साथै राजमार्गमा सवारीसाधनहरुकाे अावागमनलाई पनि अब कडाइसाथ जाँच गर्ने ब्यवस्थापन गरिएको छ । जिल्लाका ४ स्थान कुसुम बजार, मानखाेला नजिकैको सम्झना चाेक, काेहलपुर चौराहा चोक र नेपालगञ्जकाे धम्बाेजी चाेकमा स्वास्थ्यकर्मीहरु सहितको नागरिक सहायता कक्ष ( help desk ) सञ्चालनमा ल्याइएको छ । बैशाख ४ गतेदेखि नै सो सहायता कक्ष शुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाकेको पहलमा नेपाली सेना, Doc र स्थानीय स्तरको सहयोगमा उक्त सुरक्षा नीति लागू गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिनुभएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!