२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

आराेप झुठो हो कमिसन खाएको सार्वजनिक गर्न चुनौति सांसद अथक

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

एबिसी संचार
बाँके बैशाख ७ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले नेपालगन्जका २ अनलाईनमा आफ्नो नाम जोडेर प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
शनिवार एक प्रेश बिज्ञप्ती जारी गदै सांसद अथकले अाफुले कमिसन खाएको प्रमाणीत गर्न चुनौति दिदै यस्तो प्रमाणीत भएमा सार्वजनिक जिवन बाट बिदा हुने चुनाैति दिएका छन।
हिल्स मेडि सप्लायर्सको स्वास्थ्य सामाग्रीको व्यापारीक कारोवार संग आफ्नो नाम जोडि कालोबजारी र कमिसनमा जोडिएको भनि आएको उल्लेखित समाचार सतप्रतिसत गलत, भ्रामक र पुर्वाग्रहपुर्ण भएको बिज्ञप्तीमा उल्लेख छ ।
अथकले आफु बिरुद्ध श्रृखलाबद्ध रुपमा भ्रामक समाचारहरु प्रकाशित गरिएको भन्दै केहि दिन पहिले आफ्नो जनसम्पर्क कार्यालय मार्फत आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत कोहलपुरका क्रियासील पत्रकार लाई बितरण गरिएको स्वास्थ्य सुरक्षा सामाग्रीका सन्दर्भमा पनि सोहि अनलाईन मिडियाहरुले बिना प्रमाण, आधारहिन र भ्रामक समाचार प्रकाशित गरेको उल्लेख गरेका छन ।
जनताको जनप्रतिनिधीको हैसीयतले हमेशा आफुले राज्यको तर्फवाट बितरण हुने स्वास्थ्य समाग्री बाट बाँके नछुटोस, गैर सरकारी संस्थाका तर्फ बाट बितरण हुने समाग्रीमा बाँके नछुटोस, व्यावसायीक तवर बाट आउने स्वास्थ्य सामाग्री बाट बाँके नछुटोस भनेर ध्यान दिने र पुर्याउने गरेको उल्लेख गर्दै सो को जानकारी समाजिक सञ्जाल र मिडियाको माध्याम बाट समयमै सरोकार वाला निकायलाई दिने गरेको उल्लेख गरेका छन । सो सामाग्री ल्याउनमा बाँके र बाँके बासीको चिन्ता र सरोकार बाहेक मेरो कुनै स्वार्थ छैन बिज्ञप्तीमा भनिएको छ ।
उनले बिज्ञप्तीमा काठमाण्डौमा स्वास्थ्य समाग्री बाँके लैजानका लागि मैले समन्वयको काम मात्रै गरेको बताउदै स्वास्थ्य मन्त्रालयको सिफारीसमा उक्त समाग्री नेपालगंजको हिल्स मेडि सप्लायर्स ले खरिद गरि बिक्रिका लागि लगेको उल्लेख छ ।
हिल्स मेडि सप्लायर्स लाई समाग्री बिक्रि गर्दा बाँके लाई पहिलो प्राथमिकतामा राख्नु पर्ने भन्ने बाहेक उनिसंग मेरो कुनै सम्वन्ध नरहेको बिज्ञप्तीमा उल्लेख छ ।
सो समाग्री बिक्रि बितरणमा हिल्सले कानुन बिपरीत भए गरेको भए सम्वन्धीत सप्लायर्स जिम्मेवार रहने र कानुन अनुसार कार्यवाहीको दायरमा ल्याउनु स्वभाविक भएको उल्लेख छ । बिज्ञप्तीमा आफुले समाजमा आजको मिति सम्म निस्वार्थ रुपमा काम गरिरहेको र औषधि खरिदमा मात्र नभएर यस बाहेक अन्य कुनै काममा कमिसन खाएको प्रमाणीत गर्न चुनौति दिएका छन ।
गलत नियत र कुत्सीत मनसायका साथ यस्ता समाचार सम्प्रेशण गर्ने प्रति सचेत रहन र भ्रमीत नहुन उनले अपिल समेत गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!