३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

आराेप झुठो हो कमिसन खाएको सार्वजनिक गर्न चुनौति सांसद अथक

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

एबिसी संचार
बाँके बैशाख ७ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले नेपालगन्जका २ अनलाईनमा आफ्नो नाम जोडेर प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
शनिवार एक प्रेश बिज्ञप्ती जारी गदै सांसद अथकले अाफुले कमिसन खाएको प्रमाणीत गर्न चुनौति दिदै यस्तो प्रमाणीत भएमा सार्वजनिक जिवन बाट बिदा हुने चुनाैति दिएका छन।
हिल्स मेडि सप्लायर्सको स्वास्थ्य सामाग्रीको व्यापारीक कारोवार संग आफ्नो नाम जोडि कालोबजारी र कमिसनमा जोडिएको भनि आएको उल्लेखित समाचार सतप्रतिसत गलत, भ्रामक र पुर्वाग्रहपुर्ण भएको बिज्ञप्तीमा उल्लेख छ ।
अथकले आफु बिरुद्ध श्रृखलाबद्ध रुपमा भ्रामक समाचारहरु प्रकाशित गरिएको भन्दै केहि दिन पहिले आफ्नो जनसम्पर्क कार्यालय मार्फत आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत कोहलपुरका क्रियासील पत्रकार लाई बितरण गरिएको स्वास्थ्य सुरक्षा सामाग्रीका सन्दर्भमा पनि सोहि अनलाईन मिडियाहरुले बिना प्रमाण, आधारहिन र भ्रामक समाचार प्रकाशित गरेको उल्लेख गरेका छन ।
जनताको जनप्रतिनिधीको हैसीयतले हमेशा आफुले राज्यको तर्फवाट बितरण हुने स्वास्थ्य समाग्री बाट बाँके नछुटोस, गैर सरकारी संस्थाका तर्फ बाट बितरण हुने समाग्रीमा बाँके नछुटोस, व्यावसायीक तवर बाट आउने स्वास्थ्य सामाग्री बाट बाँके नछुटोस भनेर ध्यान दिने र पुर्याउने गरेको उल्लेख गर्दै सो को जानकारी समाजिक सञ्जाल र मिडियाको माध्याम बाट समयमै सरोकार वाला निकायलाई दिने गरेको उल्लेख गरेका छन । सो सामाग्री ल्याउनमा बाँके र बाँके बासीको चिन्ता र सरोकार बाहेक मेरो कुनै स्वार्थ छैन बिज्ञप्तीमा भनिएको छ ।
उनले बिज्ञप्तीमा काठमाण्डौमा स्वास्थ्य समाग्री बाँके लैजानका लागि मैले समन्वयको काम मात्रै गरेको बताउदै स्वास्थ्य मन्त्रालयको सिफारीसमा उक्त समाग्री नेपालगंजको हिल्स मेडि सप्लायर्स ले खरिद गरि बिक्रिका लागि लगेको उल्लेख छ ।
हिल्स मेडि सप्लायर्स लाई समाग्री बिक्रि गर्दा बाँके लाई पहिलो प्राथमिकतामा राख्नु पर्ने भन्ने बाहेक उनिसंग मेरो कुनै सम्वन्ध नरहेको बिज्ञप्तीमा उल्लेख छ ।
सो समाग्री बिक्रि बितरणमा हिल्सले कानुन बिपरीत भए गरेको भए सम्वन्धीत सप्लायर्स जिम्मेवार रहने र कानुन अनुसार कार्यवाहीको दायरमा ल्याउनु स्वभाविक भएको उल्लेख छ । बिज्ञप्तीमा आफुले समाजमा आजको मिति सम्म निस्वार्थ रुपमा काम गरिरहेको र औषधि खरिदमा मात्र नभएर यस बाहेक अन्य कुनै काममा कमिसन खाएको प्रमाणीत गर्न चुनौति दिएका छन ।
गलत नियत र कुत्सीत मनसायका साथ यस्ता समाचार सम्प्रेशण गर्ने प्रति सचेत रहन र भ्रमीत नहुन उनले अपिल समेत गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!