०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

नेपाल प्रहरीका १० डिआईजीको बढुवा सोमबार पदस्थापन र दर्जनी चिन्ह लगाउने

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

(सागर थापा) काठमाडौं नेपाल प्रहरीको डिआईजीमा बढुवा सिफारीस भएका १० जना एसएसपीको बढुवा सदर भएको छ । गृहमन्त्री रामबहादुर थापाले आईतबार बढुवा सदर गरेका हुन् । प्रहरी मुख्यालयले पदस्थापनको लागी जिम्मेवारी तोकेपनि गृहमन्त्रालयका सम्बन्धित शाखा हेर्ने कर्मचारी बिदामा बसेकाले पदस्थापनाको निर्णय भने भएको छैन् । डिआईजीमा बढुवा भएका १० जनालाई सोमबार १ बजे प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ । गृहमन्त्री राबहादुर थापा र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबीच शनिवार सांझ पुल्चोकस्थित मन्त्री निवासमा डिआईजीको पदस्थापनाबारे छलफल भएको थियो । उक्त छलफलपछि प्रहरी प्रहरी मुख्यालयले डिआईजीको पदस्थापनका लागी पत्र गृहमन्त्रालय पठाइसकेको छ । सोमबार पदस्थापनाको निर्णय हुने गृहस्रोतको दावी छ । प्रहरी मुख्यालयले १ नम्वर प्रदेशको प्रहरी प्रमुखमा ईश्वरबावु कार्की २ नम्बरमा धिरज प्रताप सिंह ३ नम्वर प्रदेशमा बसन्त कुमार लामा,४ नम्बरमा घनश्याम अर्याल ५ नम्वरमा रविन्द्र धानुक ६ नम्बरमा बसन्त पन्त र ७ नम्बरमा उत्तमराज सुवेदीको सिफारीस गरेको छ । डिआईजी सहकुल थापाको सिआईबी,अरुण विसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, डिआईजी निरज शाही प्रहरी महानिरीक्षकको सचिवालय, प्रध्मुन कार्की विशेष ब्युरो,प्रकाशजंग कार्की ऐकेडेमी र डिआईजी सुर्य उपाध्यायको सुरक्षा परिषद्को सचिवालयमा सरुवाका लागी सिफारिस भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!