२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कार्यविधी अनुसार राहत वितरण वडाध्यक्ष:जमिल अहमद खां

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

कृष्णनगर, वैशाख ७
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ५ मा गुणस्तरयुक्त चामल वितरण भएको सर्वदलीय प्रतिनिधीहरु को भनाइ रहेको छ।
देश भरमा लाकडाउन रहेको अवस्थाले दैनिक ज्यालादारी गर्ने मजदुर अति बिपन्न असहाय श्रमिक परिवारहरु लाई छाक टार्न समस्या भइ रहेकाले नेपाल सरकार ले प्रत्येक स्थानिए सरकार लाई प्रदेश सरकार संग समन्व्य गरि राहत सामग्री वितरण गर्न को लागि कार्यविधि समेत तैयार गरेको थियो। आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं ५ मा कार्यविधि अनुसार नाम संकलन गरि अतिविपन्न असहाय दैनिक ज्याला मजदूरी
गर्नेको नाम संकलन गरि राहत वितरण कार्य अगाडी बढेको देखिन्छ।
आइतबार का दिन वडा नं ५ डबरा गाउमा करिब २६६ घर परिवार लाई राहत वितरण गरेको कुरा वडाध्यक्ष जमिल अहमद खां ले जानकारी दिए।
वडास्तरिए राजनैतिक दलका प्रतिनिधि हरु लाई समावेश गरि नाम संकलन गरिएको र राजनैतिक प्रतिनिधि हरु संग छलफल गरि वहाहरुको रोहबरमा राहत वितरण कार्य शुरु गरेको वडा सदस्य रिंजर तिवारी ले बताएका थिए।
वडा नं. ५ मा राहत वितरण कार्य नेपाल सरकार ले दिएको कार्यविधीको पूर्ण पालना गरि निश्पक्ष तरिकाले भएको छ आज को राहत वितरण भएका ले गरिब असहाय परिवार खुशी भएका छन प्रथम चरणमा २६६ घर परिवार मा वितरण भएको छ र अन्य छुटेका लाई पनि यथासिघ्र राहत उपलब्ध गराउन को लागि नेपाली कांग्रेस का जिल्ला कार्यसमिति सदस्य भरत किशोर चौधरी ले कृष्णनगर नगरपालिका संग अग्रह समेत गरेका थिए।
राहत वितरण गर्दा वडा सदस्य रेन्जर तिवारी, प्रभावती पासी, बढदुल रैदास, समाजवादी पार्टी का प्रतिनिध जगदम्बा प्रसाद चौधरी, बहुजन शक्ति का प्रतिनिध कैलाश रैदास, समाजसेवी लालता प्रसाद यादव, प्रदीप चौधरी, कमिश्वर प्रसाद पाण्डेय, मोहम्मद तस्लीम खां, रामापति उपाध्यक्ष लगायत वडासचिव, पत्रकारहरुको उपस्थिती रह्यो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]