२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

अत्यावश्यकलाई सवारी साधनलाई रोकेर ठेकेदारलाई धमाधम पास

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

कोरोना भाइरस संक्रमण रोक्न कागजी पास वितरण बन्द गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठेकेदार कम्पनीलाई भने धमाधम पास वितरण गरिरहेको छ ।
ठूला आयोजनाको काम नरोक्ने भन्दै सडक विभागलगायतको सिफारिसमा निर्माण सेवा कम्पनीका सवारीलाई १ हप्ते पास वितरण गरेको पाइएको छ ।
काठमाडौंबाट दोलालघाटसम्म जाने अनुमति बोकेका ३ सयभन्दा बढी टिपर यतिबेला काभ्रेका गाउँगाउँ पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको पास लिएर चालक र सहचालक पनौती, दोलालघाट हुँदै गाउँगाउँ गाडी लिएर घुमिरहेको स्थानीयवासीको आरोप छ ।
निर्माण ठेकेदार कम्पनीले सडक विभागको स्वामित्वको भन्दै ४ वैशाखदेखि लागूू हुने गरी टिपर चलाउने पास लिएका छन् । यो पास बोकेर उनीहरू गाउँगाउँ विना सुरक्षा, सावधानी घुमिरहेको भुम्लु गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठ बताउँछिन् ।
काठमाडौं उपत्यकाबाट काभ्रेपलाञ्चोक भएर तराई तथा मध्यपहाडी जिल्ला जाने यात्रुलाई भने सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले काठमाडौं नै फर्काइरहेका छन् ।
बिहीबारबाट काभ्रेमा दर्जनौँ टिपरले बालुवा बोक्न थाले पनि जिल्ला प्रशासन कार्यालयले रोकेको छैन । काठमाडौमा निर्माण सामग्री बालुवाको अभाव भएको भन्दै भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्रमा टिपर आउन थालेपछि स्थानीय त्रसित बनेका उपाध्यक्ष श्रेष्ठ बताउँछिन् ।
यसअघि सरकारले काठमाडौंमा दिउँसो टिपर गुड्न रोकेको थियो । त्यस समयमा सडक विभागले अनावश्यक पास वितरण गरेर दैनिक ३ सय गाडी दिउँसो गुडाउने गरेको थियो । अहिले पुन: लकडाउनको समयमा सोही सडक विभागले आर्थिक चलखेलमा परेर टिपर गुडाउन थालेको स्थानीयको आरोप छ ।
लकडाउनमा टिपर गुडाउन पाएवापत प्रति टिपर १ हजार रुपैयाँसम्मको कमिसनको चलखेल भएको उनीहरूको आरोप छ ।
‘कसैको स्वार्थका लागि गाउँपालिका जोखिम मोल्न तयार छैन । यस विषयमा हामीले माथिल्लो निकायमा जानकारी गराएका छौँ । लकडाउन अवधिभर हामी अब छिर्न दिँदैनौँ,’ उनले भनिन् ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण तिमल्सिना भने गृह मन्त्रालय तथा सडक विभागको निर्देशनअनुसार काम गरेको र आफूले टिपर चालकलाई सावधानी अपनाउन भनिसकेको बताउँछन् सिलापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनले  भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएकाे थियाे, […]

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

error: Content is protected !!