२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अत्यावश्यकलाई सवारी साधनलाई रोकेर ठेकेदारलाई धमाधम पास

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

कोरोना भाइरस संक्रमण रोक्न कागजी पास वितरण बन्द गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठेकेदार कम्पनीलाई भने धमाधम पास वितरण गरिरहेको छ ।
ठूला आयोजनाको काम नरोक्ने भन्दै सडक विभागलगायतको सिफारिसमा निर्माण सेवा कम्पनीका सवारीलाई १ हप्ते पास वितरण गरेको पाइएको छ ।
काठमाडौंबाट दोलालघाटसम्म जाने अनुमति बोकेका ३ सयभन्दा बढी टिपर यतिबेला काभ्रेका गाउँगाउँ पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको पास लिएर चालक र सहचालक पनौती, दोलालघाट हुँदै गाउँगाउँ गाडी लिएर घुमिरहेको स्थानीयवासीको आरोप छ ।
निर्माण ठेकेदार कम्पनीले सडक विभागको स्वामित्वको भन्दै ४ वैशाखदेखि लागूू हुने गरी टिपर चलाउने पास लिएका छन् । यो पास बोकेर उनीहरू गाउँगाउँ विना सुरक्षा, सावधानी घुमिरहेको भुम्लु गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठ बताउँछिन् ।
काठमाडौं उपत्यकाबाट काभ्रेपलाञ्चोक भएर तराई तथा मध्यपहाडी जिल्ला जाने यात्रुलाई भने सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले काठमाडौं नै फर्काइरहेका छन् ।
बिहीबारबाट काभ्रेमा दर्जनौँ टिपरले बालुवा बोक्न थाले पनि जिल्ला प्रशासन कार्यालयले रोकेको छैन । काठमाडौमा निर्माण सामग्री बालुवाको अभाव भएको भन्दै भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्रमा टिपर आउन थालेपछि स्थानीय त्रसित बनेका उपाध्यक्ष श्रेष्ठ बताउँछिन् ।
यसअघि सरकारले काठमाडौंमा दिउँसो टिपर गुड्न रोकेको थियो । त्यस समयमा सडक विभागले अनावश्यक पास वितरण गरेर दैनिक ३ सय गाडी दिउँसो गुडाउने गरेको थियो । अहिले पुन: लकडाउनको समयमा सोही सडक विभागले आर्थिक चलखेलमा परेर टिपर गुडाउन थालेको स्थानीयको आरोप छ ।
लकडाउनमा टिपर गुडाउन पाएवापत प्रति टिपर १ हजार रुपैयाँसम्मको कमिसनको चलखेल भएको उनीहरूको आरोप छ ।
‘कसैको स्वार्थका लागि गाउँपालिका जोखिम मोल्न तयार छैन । यस विषयमा हामीले माथिल्लो निकायमा जानकारी गराएका छौँ । लकडाउन अवधिभर हामी अब छिर्न दिँदैनौँ,’ उनले भनिन् ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण तिमल्सिना भने गृह मन्त्रालय तथा सडक विभागको निर्देशनअनुसार काम गरेको र आफूले टिपर चालकलाई सावधानी अपनाउन भनिसकेको बताउँछन् सिलापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]