२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौं परिसरमा SSP ज्ञवाली र अपराध महाशाखामा SSP थापाले पाए जिम्मेवारी

Logo
प्रकाशित मंगलबार, बैशाख ०९, २०७७

काठमाडौं बैशाख ९ गृहमन्त्रालयले काठमाडौं प्रहरी परिसरमा एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखामा एसएसपी दिपक थापाको सरुवा गरेको छ । गृहमन्त्रालय स्रोतकाअनुसार मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदी र अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा डिआईजीमा बढुवा भएर पदस्थापन भएपछि दुई एसएसपीको सरुवा भएको हो ।
काठमाडौं परिसरको प्रमुखमा सरुवा भएका ज्ञवाली र थापा दुवै प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखकाको नेतृत्वमा सरुवा भएका ज्ञवाली र थापा एकै पटक एसएसपीमा बढुवा भएका प्रहरी अधिकृतहरु हुन् । तर,प्रहरी निरीक्षकका रुपमा ज्ञवाली २०५१ चैत्रमा र थापा २०५२ भदौमा प्रहरीमा सेवा प्रवेश गरेका थिए ।
ज्ञवाली हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका सहोदर भाई हुन् । उनि एसपी बढुवामा एक नम्बरमा बढुवामा भएपनि एसएसपी बढुवा हुंदा पनि पछि परेका थिए । थापा भने एसएसपी बढुवा हुंदा आफ्नो ब्याचबाट एक नम्बरमा बढुवा भएका थिए ।
प्रहरीमा काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्वमा आउनका प्रहरी अधिकारीबीच तिव्र प्रतिस्पर्धा हुने गरेको छ । प्रहरीको नेतृत्वमा पुग्ने अधिकांश उच्च अधिकारी महाशाखा र परिसर बसेकाहरु पुग्ने भएकाले पनि यो जिम्मेवारीका लागी दौडधुप हुने गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!