२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

लकडाउनमा राप्ती नदिमा माछा मार्दै रमाउछन भालुवाङ्गबासी

Logo
प्रकाशित बिहिबार, बैशाख ११, २०७७

(बिदुर एमसी)
भालुवाङ्ग, कोरोनाको महामारीको त्रासले बजार सबैतिर बन्द छ । कतैपनि यसो टाउको घुसाएर एक कप चिया पिउने ठाँउसम्म पाउन मुस्किल छ अचेल ।
दाङ जिल्लाकाे पूर्वी देउखुरीमा पर्ने भालुवाङ्ग बजार यतिखेर लक डाउनका कारण ठप्प छ ।
कहि कतै कुनै काम चलेको छैन, सम्पूर्ण बन्द छ । त्यही बन्दले गर्दा एकछाक मीठो तरकारी हुने साथै समय कटाउन सजिलो भएको छ, यहाँका केही मानिसहरुलाई ।
उसै त लक डाउनले सबै बन्द छ ।
बन्दले नजिकैको देउखुरीमा उत्पादन भएको तरकारी राम्रोसँग आउन पाएको छैन, भालुवाङ्ग बजारसम्म । आयोभने पनि अत्यन्तै कम आउँछ र त्यो पनि महँगो हुने गरेको उपभोक्ताहरु बताउँछन् ।
अनि भालुवा्ङ्ग पुल्चोकका वासिन्दाहरु नजिकैको राप्ती नदितिर जान्छन् । कसैका हातमा थाकल ( खजुरी ) का पातकाे मुठाे, कसैका हातमा पातलो कपडा त कसैका हातमा माछा राख्ने भाडाे हुन्छ उनीहरूशीत ।द
के महिला, के पुरुष, बिहानको खाना खाएर आपसमा मिलेर नदिमा जान्छन् । आपसमा रमाइलो र हासाे ठट्टा गर्दै हाहा र हुहु गरेर राप्तीमा चाेपलिदै माछा मार्नमा तल्लीन देखिन्छन् उनीहरू ।
यो पङ्क्तिकार मोबाइल फोनको क्यामेरा तेर्स्याउदै जब राप्ती नदितिर उनीहरूले भएकोतिर गयो ।
उनीहरूले पनि खुसी भएर उफ्रिदै आपसमा के के भन्न थाले । कसैले युटुवमा हाल्नु भने, त कसैले फ़ेरि टेलिभिजनमा हाल्नु भनेर भने ।
जेहाेस्, यतिखेर राप्ती नदिमा माछा मार्दै दिन कटाउने गरेका छन् उनीहरू ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!