२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

पत्रकार प्रियासनको अगुवाईमा राहत वितरण टोलबासीहरु खुशी

Logo
प्रकाशित शुक्रबार, बैशाख १२, २०७७


दाङमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको अगुवाईमा घोराहीको बसपार्क नजिकै रहेको बादी समुदायका घरपरिवारलाई राहत वितरण गरिएको छ । दुई वटा वडाका विपन्न बस्तीहरु सहित अन्य टोलमा पनि २ सय ५१ बोरा चामल र अन्य खाद्यान्न सामग्री वितरण भैरहेको छ ।
घोराही उपमहानगर पालिका वडा नम्वर १३ र १५ का विभिन्न टोलमा बसोबास गर्ने श्रमिक, मज्दुर, विपन्न अनि भाडामा बस्ने विद्यार्थीहरु गरेर २ सय ५१ घरपरिवारलाई चामल अनि अन्य खाद्यान्नहरु वितरण गर्न लागिएको छ ।
प्रियासनले घोराही–१३ स्थित शुभ विहानी टोलका ८८ घरपरिवारलाई विहिबार विहान राहत वितरण गरिएको छ भने आज शुक्रबार सोही वडाका दुर्गा भवानी टोलका सबै घरपरिवारका लागि ८० बोरा चामल, सबैका लागि एकएक किलो दाल, एकएक पोका नून, एक एक पोका पोका तेल, सबैका लागि चारसय ग्राम स्वायविन वितरण हुनेछ । त्यसका लागि राहत संकलन भैसकेको महासंघका अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।
यसैगरी प्रियासनले घोराही १५ स्थित न्यूरोडमा बस्ने १७ घर, सोही वडाको नव विहानी टोलमा बस्ने २१ घर, सोही वडाको माथिल्लो सृजनशील टोलमा बस्ने १६ घर गरी ५३ घरपरिवारका लागि ५३ बोरा चामल वितरण गर्नका लागि राहत संकलन गर्नुभएको छ । यसैगरी घोराही १५ स्थित प्रकृति नगरमा बस्ने ४० जना विद्यार्थी एवं श्रमिकका लागि ८ बोरा चामल, ४० किलो दाल, ४० किलो चिउरा, ४० पोका नून, ४० पोका तेल, १४ किलो स्वायविन संकलन गरिएको छ । संकलित राहतलाई प्रियासनले घोराही उपमहानगरपालिकाको समन्वयमा हस्तान्तरण गरिरहेको बताउनुभयो ।
अध्यक्ष प्रियासनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले २५ बोरा चामल, जिल्ला बार एशोसियसनले २२ बोरा चामल, त्रिभुवननगर जेसीजले २० बोरा चामल, घोराही चेम्बर अफ कमर्श, दाङ महिला जेसीज, खड्ग बुढाथोकीले १५ ÷१५ बोरा चामल सहयोग गर्नुभएको थियो । यस्तै प्रविणकुमार भण्डारीले ११ बोरा चामल, दाङ जिल्ला उद्योग बाणिज्य संघ, घोराही उपमहानगरपालिका वडा नंं १५ को कार्यालय, प्रकाश सुवेदी र पिके निर्माण सेवाको तर्फबाट १०÷१० बोरा गरी १ सय ६३ बोरा चामल संकलन भएको थियो । साथै समाजसेवी भोला खनाल, सुदर्शन विष्ट, बमबहादुर खड्काले १६५ पोका नुन र १६५ पोका तेल सहयोग गर्नुभएको थियो ।
दाङ निर्माण व्यवसायी संघले १ सय ६५ किलो दाल सहयोग गरेको छ भने बालकुमार घर्तिले ६२ किलो २ सय ग्राम स्वयावरी सहयोग गर्नुभएको थियो । संकलित राहतको विवरण बुझ्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अफ्ठ्यारो अवस्थामा रहेका वर्गसमुदायका लागि राहत संकलन गरेर एकद्धार प्रणालिमा जोडिनु भएकोमा प्रियासनलाई बधाई दिँदै सहयोग गर्ने संघसंस्था एवं दात्ताहरुलाई धन्यवाद दिनु भएको छ । दैनिक ज्यालादारी मजदुरी गर्दै आएका बादी समुदायहरुले लक डाउनका कारण आफुहरुलाई समस्या परेको बताउँदै आएका थिए ।
उनीहरुले राहत पाएपछि खुशी ब्यक्त गरेका छन् । घोराही–१३ मा राहत वितरण गर्नेक्रममा वडा सदस्य केशव गिरी, बारका अध्यक्ष शिवप्रसाद घिमिरे, घोराही च्याम्वरका अध्यक्ष मञ्जु बज्राचार्य, त्रिभुवन नगर जेसीजका पदाधिकारी, दाङ महिला जेसीजका अध्यक्ष जिवा भुसाल, टोलका अध्यक्ष प्रकाश पुनलगायत र दात्ताहरुको उपस्थिति रहेको थियो । यसैबीच राहत संकलन कर्ता प्रियासनले सहयोगीहरु सबैलाई धन्यवाद पनि दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!