२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

प्रदेश नम्बर ५ प्रहरी प्रमुखको जिम्मेवारी DIG धानुकले सम्हाले

Logo
प्रकाशित शुक्रबार, बैशाख १२, २०७७

(सागर थापा)
पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी रबिन्द्र धानुकले शुक्रबार सरुवा भएर आउनु भएको छ । दाङको तुल्सीपुरमा प्रदेश नम्बर ५. को प्रहरि प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी धानुकले विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाकी नराख्ने डिआइजी धानुकले जानकारी दिनुभयो ।
पहाडी जिल्लामा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
डिआइजि धानुकले प्रदेश नम्बर ५ को प्रहरि प्रमुखको रुपमा शुक्रबार देखि जिम्मेवारि सम्हालेका छन । प्रदेश नम्बर ५ को जिल्ला रुपन्देही र रुकुम बस्दा पनि त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरि प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो । प्रदेश ५ आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले त्यहा धानुकलाई उत्कृष्ट कार्य सम्पादनका आधारमा जिम्मेवारि दिइएको प्रहरी स्रोतले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।