(बिदुर एमसी)
जीवनयात्रा भनेकै व्यक्तिको अत्यन्त लामो, कठिन र एकाकी यात्रा हो । यस किसिमको यात्रा तय गर्ने क्रममा व्यक्तिले अतीतको समयलाई पनि फर्केर हेर्नुपर्ने हुन्छ । अतीतले नै व्यक्तिलाई वर्तमान र भविष्यतर्पm डो¥याउने काम गर्छ । अतीतका मानसिक सङ्घर्ष, विफलता र सफलताका अनेकौँ प्रसङ्ग कुनै पनि व्यक्तिसँग जोडिएको हुन्छ । अतीत जीवनको जग हो र वर्तमान अनेकौँ ठक्कर खाँदै त्यसै जगमा ठडिएको जीवनको एउटा सत्य हो । अपेक्षित–अनपेक्षित विविध घुम्ती र अप्ठ्यारा पार गर्दै विविध किसिमका अतृप्त चाहना र असन्तोषभित्र पनि सकेसम्म मनभित्र सन्तोष बीजारोपण गर्छौं । अनि विविध किसिमका दुःख, दर्द, सङ्घर्ष, पीडा आदिका साथै अतृप्त भट्कनबीच पनि धैर्यशील बन्दै आत्मबल र आत्मविश्वासका साथ अघि बढेको जीवनयात्राको सङ्घर्षमय आत्मचेतनाको उदाहरण हो ‘सम्झनाको सागरमा केही दिन’ नामक प्रस्तुत पुस्तक ।
अतीतलाई फर्केर हेर्नु एक किसिमले जीवनलाई पुनरावृत्ति गर्नु पनि हो । जीवनको आधार, समय, आफ्नो नियति र आजको जीवन यथ(ार्थलाई बुझ्ने समसामयिक समयको एउटा हस्ताक्षर पनि हो अतीत । डा. गोविन्दराज भट्टराईले यो आफ्नो आत्मसंस्मरणात्मक नवीन कृतिमा खासगरी बाल्यकालका विविध सन्दर्भहरूको संस्मरण गर्दै अतीतका जगमा आफ्नो स्वत्व र जीवनको सारतत्वका सम्बन्धमा प्रकाश पार्ने सार्थक प्रयास गर्नुभएको छ । “यो कृति मैले भोगेको समयको दर्पण हो । मेरो आकाङ्क्षा उद्देश्य र त्यो प्राप्तिमा गरेको प्रयत्न हो । जुन बाटो हिँडे त्यो पूल र काँडाको थियो ।” (आत्मसंस्मरणबारेका मेरा शब्द) भन्ने यसै पुस्तकमा आबद्ध उहाँका कथनले पनि यो पुस्तक आत्मपरक शैलीमा लेखिएको एउटा आत्मसंस्मरणात्मक निबन्ध हो, जसले जीवनको शाश्वत पक्षमा मननीय प्रकाश पार्न सकेको छ भन्न सकिन्छ ।
जीवन सोचे जस्तो पनि हुँदैन र चाहे जस्तो पनि हुँदैन । एकातिर हिँड्न खोज्यो देश, काल, समय, परिस्थिति र वातावरण आदिले अन्तैतिर धकेल्छ । “जीवनसँगै नरोजेको बाटोमा हिँड्नुपर्ने कति घुम्ती र दोबाटो पनि आउँछन् । रोजेको सबै गर्न पाइँदैन ।” (नयाँ संसारको ढोका खुल्दै गयो– पृष्ठ १४८), “एकै छिनले जीवन–मार्ग बदल्छ, बिगार्छ, बनाउँछ, त्यो नियन्त्रक को होला ? के होला ? कहाँ बसेको
होला ? प्रारब्धलाई प्रश्न गर्छु ।” (असार अन्तिममा म काठमाडौं लागेँ – पृष्ठ १४२) जस्ता उक्तिले मानिसको मूल्य, उसको कर्म वा क्रिया र उसको लक्ष्यप्रतिको गतिशीलता केवल उसको अधीनमा मात्र निर्भर हुँदैन । मानिस सदैव बालक र अज्ञानी नै रहन्छ । ऊ ज्ञान पिपासु बन्छ तर कुनै पनि व्यक्तिले सम्पूर्ण ज्ञान प्राप्त गर्न सक्दैन भन्ने यथार्थ–सत्य प्रकटीकरण गर्दै कर्म र प्रारब्ध दुवैमा विश्वास राखी मनिसले जीवन–सङ्घर्ष नै जीवनको सत्य हो भन्ने तथ्यलाई मनन गर्नुपर्ने आवश्यकतामा जोड दिएको पाइन्छ । पाउन सकिने कुरा पाउनका लगि आत्मचेतनाका साथ सङ्घर्षपथमा अघि बढ्नु नै आजको विश्व परिवेशका भिन्न संसारमा आपूलाई बचाउन सकिने आधार हो । यस क्रममा जहाँ पुगिन्छ र जे प्राप्त हुन्छ त्यही नै मानिसको नियति हो । असन्तोषका बीच पनि मनभित्र सन्तोष सञ्चार गर्दै मानिसले आपूm हुनुको शाश्वत स्मृतिचिह्न छाडेर जाने उपक्रम गर्नुपर्छ भन्ने सन्देश यो कृतिले दिन सकेको छ ।
यो पुस्तक डा. गोविन्दराज भट्टराईको आत्मसंस्मरण हो । यसमा एउटा व्यक्तिको कथा छ । कथा एउटा व्यक्तिको भए पनि यसभित्र अनेकौँ पात्र र जीवनका पाटा आएका छन् । विविध स्थान, परिवेश र वातावरणजन्य परिस्थिति र यसका सापेक्षतामा देखापरेका अनेकौँ घटनाका वर्णनले पुस्तकका पाना भरिएका छन् । ग्रामीण परिवेश, रहनसहन, संस्कार–संस्कृति, भेषभूषा, पर्व, मेला आदिका रोचक पक्षको वर्णन पनि पुस्तकमा गरिएको छ । विविध किसिमका भौगोलिक परिवेश शिक्षा, शैक्षिक स्थिति, शिक्षक–शिक्षार्थी बीचको अन्तर्य, आचार–विचार र व्यवहारका सम्बन्धमा पनि पुस्तक बोलेको छ । यसमा जीवन वरिपरिका विविध वेदना र मानसिक चेतना छताछुल्ल भएर पोखिएका छन् । यो कृति डा. गोविन्दराज भट्टराईको आत्मसंस्मरणात्मक कृति भए पनि यसले समसामयिक समाजका मानसिक मनोभावनालाई नजिकैबाट कोट्याउने सार्थक प्रयास गरेको छ । मानिसको आत्माको विश्लेषण, जनजीवन, उसको आत्मकेन्द्रित जीवन–सङ्घर्ष अनि आजको एक्काइसौँ शताब्दी र मानिसको एक्लोपनका बीच आत्मबोधको खोजीतर्पm पुस्तक केन्द्रित छ । यही कटु–सत्य नै पुस्तकको प्राप्ति हो । यही कारणले पुस्तक पठनीय बन्न सकेको छ ।