२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७


(महेन्द्र सिंह) बाँके बैशाख १३ नेपालगञ्जमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ ।
डिउटी सकेर राती कोठामा जादै गरेका प्रहरी जवान सुभाष सार्कीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो । भे ३ प ३९ नम्बरको मोटरसाइकलमा सवार रहेका प्रहरी जवान सार्की राँझा चोकमा राती अढाई बजे दुर्घटनामा परेका थिए ।
प्रहरी जवान सार्की स्थानीय प्रशासनले दशगजामा बनाएको क्वारेन्टाइनमा शुरुदेखि नै डिउटीमा थिए । २३ औं दिन सबैलाई घर पठाएपनि प्रहरीको डिउटी अझै त्यहाँ थियो । राती दुई बजे डिउटी सकेपछि कोठामा जान हिडेका प्रहरीको जवान मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी शिव सिंहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!