२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतको क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई नेपाल ल्याइदै

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

भारतमा क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइदै
र्यापिड टेस्ट गराउदै क्वारेन्टाइन बसेका नागरिक, भारतीय क्वारेन्टाइनबाट आएका लामबद्ध नेपालीहरु भैरहवा- भारतको नौतनवा क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेशतर्फ ल्याउन सुरुवात गरिएको छ । लकडाउनको समयमा नेपाल फर्किने क्रममा सीमाबाट भारतीय क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरुलाई शुक्रबार साँझबाट नेपाल फिर्ता गर्न थालिएको हो । ३ साता बढि क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटी र मलेरिया परीक्षण गरी नेपाल भित्र्याउन थालिएको छ । पहिलो चरणमा नौतनवाको इन्टकलेजमा रहेका एक सय नेपालीहरुलाई शुक्रबार साँझ नेपाल ल्याइएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ
र्यापिड टेस्ट रिपोर्टमा नेगेटिभ आएकाहरूलाई सम्बन्धित गाउँपालिकासँग सहकार्य गरी पठाउन लागिएको छ । पहिलो चरणमा नौतनवा ईन्टर कलेजमा रहेका २ बस विभिन्न जिल्लाका नेपालीहरुलाई ल्याइएको छ । ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारी र सशस्त्र प्र्रहरी ३८ नं. गुल्म डण्डाका प्रमुख प्रहरी नायब उपरिक्षक मानबहादुर शाहीसहितको टोलीले उनीहरुलाई क्वारेन्टाइनबाट सीमासम्म ल्याएका हुन । प्रहरी निरीक्षक अधिकारीका अनुसार अर्घाखाचीका ४०, गुल्मीका ३०, पाल्पाको ६, बाग्लुङको ४ रुपन्देहीको ५, धादिङको २, तनहुको ७, कपिलवस्तु २ तथा मोरङ, जाजरकोट, खोटाङ र स्याङजाको १/१जना गरी सय जना रहेका छन् ।
आएका सबै नेपालीहरुको स्वास्थ्य कार्यालय रुपन्देहीले सीमामै र्यापिड टेस्ट गरीरहेको छ । १५ मिनटमा आउने रिपोर्टमा यदी कोरोना नेगेटिभ देखिए सम्बन्धित पालिकाको समन्वयमा गनतव्य तिर जान दिने र पोजिटिभ आए स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा नमुना पठाई विरामीलाई आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले नागरिक न्युजलाई बताए । कोरोनासँगै उनीहरुमा औलो रोगको पनि परीक्षण गरिएको छ ।
लकडाउन भएसँगै सिमानाका बेलहियाबाट चैत १८ गते उद्वार गरि नौतनवाको ३ वटा क्वारेनटाइनमा बस्दै आएका छन् । भारतमा रोकिएको नेपालीहरुलाई स्वदेश फर्काएर सफलता भएको प्रदेश सभा सदस्य सान्तोस पाण्डेले बताए । एकै पटक सबैलाई ल्याउदा बढि भिड्भाड र स्वास्थ्य परीक्षणमा पनि समस्या देखिने हुँदा चरण चरणमा स्वदेश ल्याइरहेका छौ सवा ३ सय जना नेपालीहरु छन् ३ दिनमा सबै नेपाल आइपुग्छन् । आएका नेपालीहरुमा परीक्षण नेगेटिभ आए सबैलाई आ–आफ्नो जिल्ला पठाउन सम्बन्धित पालिकालाई जानकारी गराई रुट मिलाएर पठाइने प्रदेश सभा सदस्य पाण्डेले नागरिक न्युजलाई बताए । शुक्रबार १२ जिल्लाका नागरिकहरु आएका छन् ।
सिद्धार्थनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पालिकासँग समन्वय गरी यातायातको व्यवस्थापनसहित सबैलाई घर पठाउन लागिएको छ । तत्काल पठाउन नसकिएको नेपालीहरुलाई रुट मिलाएर पठाइने छ ।
भारतमा लकडाउन भएपछि कामका लागि गएका नेपालीहरु स्वेदश फर्किएका थिए । फर्कने क्रममा नेपालमा समेत लकडाउन सुरु भएपछि उनीहरु ३ दिन सीमामा अलपत्र समेत परेका थिए । आज शनिबार १ सय १२ जना नेपाली पनि आउदै छन् , नेपालको क्वारेन्टाइनमा रहेका भारतीयलाइ पनि आज पठाउने विषयमा गृहकार्य भइरहेको छ । नागरिकन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!