०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

नेपालमा लकडाउनको ३३औं दिन काठमाडौंका सडक सुनसान

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

काठमाडौं कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन । गत चैत ११ गते यता देशभर लकडाउन लागू गरिएको छ । लकडाउनका कारण सहरी क्षेत्रको दैनिक जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । तरपनि काठमाडौं उपत्यका लगायतका ठूला सहरहरुमा मानिसहरुले लकडाउनको पालना गरेका छन् । सहरका मुख्य सडकहरु सुनसान छन् । शनिबार पनि अत्यावश्यक सेवाका सवारीसाधन चलेका छन् । कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर लगायतका सबै क्षेत्र बन्द छन्
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, लगायत अत्यावस्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारीसाधनहरु फाट्टफुट्ट चलेका छन् । लकडाउनको पूर्ण पालना गराउन सुरक्षाकर्मीले गर्ने जाँचलाई कडाई गरेको छ । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् ।
सहरका भित्रि सडक पनि सुनसान छन् । पसलहरु बन्द रहेका छन् । तर केही अत्यावस्यक खाद्य सामग्री विक्री गर्ने पसल र औषधि पसलहरु सञ्चालनमा आएका छन् । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर सामग्री खरिद गर्ने गरेका छन् ।
सरकारले वैशाख १५ गतेसम्म लकडाउनको समय तोकेको छ । १५ गतेपछि लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्न शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा लकडाउनलाई खुकुलो पार्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।
नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ । यस्तै १० जनालाई निको भइसकेको छ । अहिले सम्म ९ हजार ४ सय ८ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । देशभर १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा ८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!