०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

नेपाल प्रहरीका ५ महिला अधिकृत DSP बढुवाको प्रतिस्पर्धामा

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

(एबिसी क्राईम ब्युरो)
काठमाडौं नेपाल प्रहरीका प्रहरी उपरीक्षकद्वय दुर्गा सिंह र किरण राणा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भए । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले सिंह र राणालाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको छ ।
हाल एसएसपी पदमा कार्यरत मिरा चौधरी (थारु) र किरण बज्राचार्य गतबर्ष नै बढुवा भएका थिए । चौधरी बज्राचार्य, सिंह र राणा २०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।
नेपालको सुरक्षाक्षेत्रमा महिला सहभागिता बढ्दै गइरहेको सन्दर्भमा नेपाल प्रहरीको प्राविधिक समुहतर्फको सर्बोच्च पदमा पनि एक महिला प्रहरी अधिकृत नै कार्यरत छन् । नेपाल प्रहरी अस्पतालको प्रमुख रहेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंह यसको उदाहरण हुन् । सिंह भन्दा अगाडी नेपाल प्रहरी अस्पतालको प्रमुखमा एआईजी दुर्गा थापा कार्यरत थिइन् ।
नेपाल प्रहरीमा महिला सहभागिताको प्रसङ्ग निस्कदा हरेकले सम्झने नाम हो बिमला थापा र पार्वती थापा । करिब सात बर्ष अगाडी नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट अवकाश पाएका थिए ।
नेपाल प्रहरीको जनपद समुहतर्फ प्रहरी निरिक्षक (इन्स्पेक्टर) भन्दा माथिल्लो तहको मात्रै कुरा गर्दा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुजा सिंह, प्रहरी उपरीक्षक (एसपी) गङ्गा पन्त, तारादेवी थापा, रन्जु सिग्देल, प्रहरी नायब उपरीक्षक (डीएसपी) बसुन्धरा खड्का, दिप्ती कार्की, अन्जना श्रेष्ठ, छिरिङ किप्पा लामा र चिनिमाया तामाङ महिलाको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीमार्फत राष्ट्रसेवामा खटिरहेका छन् । उनीहरुमध्ये एसएसपी सिंह संघीय प्रहरी इकाई कार्यालय पोखराको प्रमुखको रुपमा कार्यरत छिन् । त्यस्तै एसपी पन्त पर्सा र सिग्देल सिन्धुलीको प्रहरी प्रमुखको भुमिकामा छन् ।
पछिल्लो समय सुरक्षा निकायमा महिलाको आकर्षक बढ्दै गएको प्रहरीको बरियता सुचीले समेत प्रष्ट पार्छ । हाल नेपाल प्रहरीमा रिक्त ५७ प्रहरी नायब उपरीक्षक (डीएसपी) को लागि बढुवाको प्रतिस्पर्धामा रहेका सयौंको भिडमा पाँच महिला प्रहरी अधिकृतले दाबेदारी प्रस्तुत गरेका छन् । प्रहरी निरिक्षकहरु पुर्णिमाकुमारी चन्द, शर्मिला गुरुङ, रुपा लाबुङ, चन्चला श्रेष्ठ र कोपिला चुँडाल प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाको प्रतिस्पर्धी हुन् ।
डीएसपी बढुवाका प्रत्याशी इन्स्पेक्टरहरु चन्द, गुरुङ, लाबुङ र श्रेष्ठ २०६७ भदौ २४ मा प्रहरी निरिक्षकबाट सिधै नेपाल प्रवेश गरेका अधिकृत हुन् भने चुँडालले २०५८ असार १ मा प्रहरी सहायक निरिक्षक हुँदै २०६७ भदौ २४ मा आन्तरिक प्रतिस्पर्धाबाट खुला समुहमा प्रहरी निरिक्षकमा नाम निकालेकी थिइन् ।
फिल्डमा समेत उत्कृष्ट क्षमता प्रदर्शन गर्दै आएकी पुर्णिमा चन्द हाल महानगरीय प्रहरी प्रभाग पुल्चोक ललितपुरको प्रमुख छन् । तीन बर्ष अगाडी महानगरीय प्रहरी प्रभाग गोङ्गबुको सफल कमाण्ड सम्हालेकी चन्द र महानगरीय प्रहरी प्रभाग बलम्बुको कमाण्ड गरेकी शर्मिला गुरुङ निडर र व्यावसायिक छविका प्रहरी अधिकृतमा गनिन्छन् ।
त्यसो त हाल महानगरीय प्रहरी प्रभाग मंगलबजार पाटनको नेतृत्वमा रहेकी चन्चला श्रेष्ठ र करिब डेढ बर्ष अगाडी महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरको सफल कमाण्ड गरेकी रुपा लाबुङ पनि व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!