२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

कृष्णनगर नगरपालिका र वडा नं २ को संयुक्त आयोजनामा इ.प्र.का. कृष्णनगर लाई पिपिइ हस्तान्तरण

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

अजय मिश्र, कृष्णनगर, वैशाख १३
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका र कृष्णनगर नगरपालिका वडा नं २ को संयुक्त सहयोगमा ३० थान पिपिइ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल लाई हस्तान्तरण गरिएको छ ।
विश्वमा फैलिएको (COVID-19) कोरोना भाइरसका कारण पछिल्लो समय देश लकाडाउनमा छ । महामारीको समयमा सेवा प्रदान गर्ने निकायहरूलाइ सुरक्षीत राख्न नगरपालिकाले पिपिइ सेट इलाका प्रहरी कार्यालय कृष्णनगरलाइ हस्तान्तरण गरेको हो ।
कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष संजय कुमार गुप्ताले उक्त सुरक्षा सामाग्री इ प्र का लाई प्रदान गर्दै आगामी दिनमा समेत आफूहरु बाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
सुरक्षा सामाग्री प्रदान गर्ने कृष्णनगर नगरपालिका लाई इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले धन्यवाद व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]