०५ आषाढ २०८२, शुक्रबार
20-06-2025 , Fri
×

सशस्त्र प्रहरी भोकै-प्यासै नदी किनारा चेक प्वाइनमा

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीहरु थुप्रै समस्यासँग जुधिरहेका छन्। मोहना नदीको छेउमा चैत २६ गते स्थापना भएको अस्थायी बेसक्याम्पमा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना सुरक्षाकर्मी कार्यरत छन्।
बस्तीबाट निकै टाढा रहेको बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत, शौचालय, खाना लगायतको समस्या छ। उनीहरु तीन किलोमिटर टाढा टीकापुर नगरपालिका–९ खक्रौलामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टबाट पिउने पानी र खाना बोकेर खाँदै आएका छन्।
उनीहरुसँग पिउने पानी र खाना बोक्नका लागि साधन समेत छैन। स्थानीयले दिएको एउटा साइकलमा एकजना सुरक्षाकर्मीले पिउने पानी र खाना बोक्ने गरेका छन्। उनीहरुसँग सञ्चार सेट समेत छैन। उनीहरु आफ्ना मोवाइल चार्ज गर्न नजिकैको ढुंगानाटोलस्थित अर्को अस्थायी बेसक्याम्पमा जाने गरेका छन्।
‘हामी कसरी बस्न बाध्य छौं। तपाईले देख्नु भयो नि’ एक सुरक्षाकर्मीले नाम उल्लेख नगर्ने शर्तमा भने–‘भोकै प्यासै काम गर्नु परेको छ भन्दा अन्यथा हुँदैन।’
उता टीकापुर नगरपालिका–९ चौगुर्दीस्थित अस्थायी बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीको अवस्था पनि कालाकुण्डाको भन्दा फरक छैन। उनीहरु समेत पिउने पानी र खाना खक्रौलास्थित सीमा सुरक्षा पोष्टबाट बोकेर लैजाने गरेका छन्। उनीहरुले समेत विद्युत, शौचालय लगायतका समस्या भोग्दै आएका छन। उनीहरु भौगोलिक रुपमा खक्रौलास्थित सीमा सुरक्षा पोष्टबाट कालाकुण्डाभन्दा नजिक छन्।
कतिपय ठाउँमा सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेका विद्यालय भवन, सामुदायिक भवन लगायतमा बसेका छन। तर कतिपय ठाउँमा भने उनीहरु बस्तीबाट निकै टाढा नदी किनारको जंगलमा बस्न बाध्य छन्। बस्ती नजिकै बसेका सुरक्षाकर्मीहरुको तुलनामा बस्ती भन्दा टाढा रहेकाहरु निकै समस्यामा छन्। बस्ती भन्दा टाढा रहेका सुरक्षाकर्मीहरु टेण्ट गाडेर बसेका छन्।
‘धेरै ठाउँमा समस्या छ। हामी समस्याका बाबजुद पनि काम गरिरहेका छौं’ सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको अवस्थाका बारेमा स्थलगत निरिक्षण गर्न निस्किएका ३४ नं. गण कैलालीका सशस्त्र प्रहरी उपरिक्षक कमल तिमिल्सिनाले भने–‘हामी आवश्यक परेको बेला तत्काल खट्नु परेकाले समस्या भएको हो। यो बिस्तारै समाधान हुन्छ।’
उनले देशलाई आवश्यक परेका बेला सुरक्षाकर्मीले समस्या खेपेर भएपनि काम गर्नुपर्ने भएकाले यसलाई अन्यथा नलिएको बताए। उनले सुरक्षाकर्मीलाई तत्काल परेको समस्याका बारेमा सुनुवाई गरिदिन सम्बन्धित ठाउँका जनप्रतिनिधिलाई गुहारेको बताए।
भारततर्फबाट मान्छे आउन नदिन देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भएको छ। कैलालीको १०१ किलोमिटरमा पाँच सय भन्दा बढी सशस्त्र प्रहरी परिचालन भएका छन। उनीहरु ३९ वटा ईकाई र ८२ वटा चेक प्वाइन्टबाट परिचालित छन। ती ठाउँमा विभिन्न दर्जाका सुरक्षा अधिकारीहरुले नेतृत्व गरेका छन्।
खुल्ला सीमा नाकाका कारण भारतबाट थुप्रै मानिस भित्रिन सक्ने भन्दै सरकारले देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको हो। उनीहरुले भारततर्फ आउने व्यक्तिहरुलाई रोक्ने जिम्मेवारी पाएका छन। भारतबाट अनियन्त्रित रुपमा आउने मान्छेहरुका कारण कोरोना भित्रिन सक्ने सरकारको अनुमान छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लोकतन्त्रको मेरुदण्ड मानिने संसद् जनप्रतिनिधिका आवाज बोकेको संस्था मात्रै होइन, जनताका आवश्यकता, सरोकार र सरकारका गतिविधि नियाल्ने केन्द्र पनि हो। यस्तो संवेदनशील संस्थाको कार्यशैली, नीति निर्माण प्रक्रिया र बहसलाई समाज सम्म पुर्‍याउने काम पत्रकारहरूको काँधमा हुन्छ। तर, संसद्को भित्री संरचना, प्रक्रियागत पाटो र विविध पक्षबारे जानकारी बिना गरिने रिपोर्टिङ अपुरो मात्र होइन, […]

धनगढी । कैलाली कारागारमा रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–२ का २८ वर्षीय हरिसिंह पालीको मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सई नाथविरुद्ध मृतककी […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय को आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा मिति २०८२/०२/२९ गतेदेखि ०३/०५ गतेसम्म सञ्चालित जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङको बिषेश आतिथ्यतामा सम्पन्न भएको […]

error: Content is protected !!