२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

सशस्त्र प्रहरी भोकै-प्यासै नदी किनारा चेक प्वाइनमा

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीहरु थुप्रै समस्यासँग जुधिरहेका छन्। मोहना नदीको छेउमा चैत २६ गते स्थापना भएको अस्थायी बेसक्याम्पमा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना सुरक्षाकर्मी कार्यरत छन्।
बस्तीबाट निकै टाढा रहेको बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत, शौचालय, खाना लगायतको समस्या छ। उनीहरु तीन किलोमिटर टाढा टीकापुर नगरपालिका–९ खक्रौलामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टबाट पिउने पानी र खाना बोकेर खाँदै आएका छन्।
उनीहरुसँग पिउने पानी र खाना बोक्नका लागि साधन समेत छैन। स्थानीयले दिएको एउटा साइकलमा एकजना सुरक्षाकर्मीले पिउने पानी र खाना बोक्ने गरेका छन्। उनीहरुसँग सञ्चार सेट समेत छैन। उनीहरु आफ्ना मोवाइल चार्ज गर्न नजिकैको ढुंगानाटोलस्थित अर्को अस्थायी बेसक्याम्पमा जाने गरेका छन्।
‘हामी कसरी बस्न बाध्य छौं। तपाईले देख्नु भयो नि’ एक सुरक्षाकर्मीले नाम उल्लेख नगर्ने शर्तमा भने–‘भोकै प्यासै काम गर्नु परेको छ भन्दा अन्यथा हुँदैन।’
उता टीकापुर नगरपालिका–९ चौगुर्दीस्थित अस्थायी बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीको अवस्था पनि कालाकुण्डाको भन्दा फरक छैन। उनीहरु समेत पिउने पानी र खाना खक्रौलास्थित सीमा सुरक्षा पोष्टबाट बोकेर लैजाने गरेका छन्। उनीहरुले समेत विद्युत, शौचालय लगायतका समस्या भोग्दै आएका छन। उनीहरु भौगोलिक रुपमा खक्रौलास्थित सीमा सुरक्षा पोष्टबाट कालाकुण्डाभन्दा नजिक छन्।
कतिपय ठाउँमा सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेका विद्यालय भवन, सामुदायिक भवन लगायतमा बसेका छन। तर कतिपय ठाउँमा भने उनीहरु बस्तीबाट निकै टाढा नदी किनारको जंगलमा बस्न बाध्य छन्। बस्ती नजिकै बसेका सुरक्षाकर्मीहरुको तुलनामा बस्ती भन्दा टाढा रहेकाहरु निकै समस्यामा छन्। बस्ती भन्दा टाढा रहेका सुरक्षाकर्मीहरु टेण्ट गाडेर बसेका छन्।
‘धेरै ठाउँमा समस्या छ। हामी समस्याका बाबजुद पनि काम गरिरहेका छौं’ सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको अवस्थाका बारेमा स्थलगत निरिक्षण गर्न निस्किएका ३४ नं. गण कैलालीका सशस्त्र प्रहरी उपरिक्षक कमल तिमिल्सिनाले भने–‘हामी आवश्यक परेको बेला तत्काल खट्नु परेकाले समस्या भएको हो। यो बिस्तारै समाधान हुन्छ।’
उनले देशलाई आवश्यक परेका बेला सुरक्षाकर्मीले समस्या खेपेर भएपनि काम गर्नुपर्ने भएकाले यसलाई अन्यथा नलिएको बताए। उनले सुरक्षाकर्मीलाई तत्काल परेको समस्याका बारेमा सुनुवाई गरिदिन सम्बन्धित ठाउँका जनप्रतिनिधिलाई गुहारेको बताए।
भारततर्फबाट मान्छे आउन नदिन देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भएको छ। कैलालीको १०१ किलोमिटरमा पाँच सय भन्दा बढी सशस्त्र प्रहरी परिचालन भएका छन। उनीहरु ३९ वटा ईकाई र ८२ वटा चेक प्वाइन्टबाट परिचालित छन। ती ठाउँमा विभिन्न दर्जाका सुरक्षा अधिकारीहरुले नेतृत्व गरेका छन्।
खुल्ला सीमा नाकाका कारण भारतबाट थुप्रै मानिस भित्रिन सक्ने भन्दै सरकारले देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको हो। उनीहरुले भारततर्फ आउने व्यक्तिहरुलाई रोक्ने जिम्मेवारी पाएका छन। भारतबाट अनियन्त्रित रुपमा आउने मान्छेहरुका कारण कोरोना भित्रिन सक्ने सरकारको अनुमान छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सुरक्षा तयारीबारे सुरक्षा निकायहरूको तर्फबाट ब्रिफिङ लिएका छन् । मन्त्री अर्यालले चुनावमा सुरक्षा जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको उपस्थितिमा वार्षिकय कार्यसम्पादन सम्झौता सम्पन्न २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय, बर्दियाको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको […]

error: Content is protected !!