२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कर्णाली प्रदेशमा कोरोना परीक्षण तीव्र बनाउन मुख्य मन्त्री शाहीको निर्देशन

Logo
प्रकाशित आइतबार, बैशाख १४, २०७७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षणलाई तीव्र बनाउन निर्देशन गरेका छन् । शनिबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपत् व्यवस्थापन केन्द्रको बैठकमा बोल्दै पछिल्लो वेला प्रदेशमा भित्रिएका नागरिकहरूलाई केन्द्रित गरी कोरोना परीक्षणलाई तीव्रता दिन निर्देशन गरेका हुन् ।
मुख्यमन्त्री शाहीले लकडाउनले समस्यामा परेका कारण उद्धार गरी जिल्लामा पुगेका मजदुर तथा विद्यार्थीहरूबाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परीक्षणलाई तीव्रता दिन जरुरी रहेको बताए । कोरोना परीक्षणका लागि आवश्यक ऱ्यापिड टेस्ट किटलगायतका सामग्रीको तत्काल आपूर्ति व्यवस्था मिलाउन मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिए ।
उनले संघीय सरकारबाट प्राप्त हुन सक्ने अवस्था भएमा तत्काल माग गर्न र आपूर्ति हुन नसक्ने अवस्थामा खरिद गरेर भए पनि परीक्षणका लागि आवश्यक सामग्रीको व्यवस्थापन गर्नुपर्ने बताए । कोरोनाको जोखिम क्षेत्र पूर्वी तराई र भारतबाट भित्रिएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि मुख्यमन्त्री शाहीले निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]