३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

महाकाली नदीबाट हाम फालेकी महिलाको उद्धार

Logo
प्रकाशित आइतबार, बैशाख १४, २०७७

दार्चुला महाकाली नदीमा हाम फालेकी महिलाको जिल्ला अस्पत्ताल दार्चुलामा उपचार हुन नसकेपछि हेलीकोप्टर मार्फत उद्धार गरिएको छ ।
विहानै महाकाली नदीमा बगिरहेको अवस्थामा प्रहरीले सपना ऐतवालको उद्धार गरेको थियो ।
जिल्ला अस्पत्ता दार्चुलामा उपचार सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पत्ताल दार्चुलाका प्रमुख डा. गजेन्द्र दुवालले जानकारी दिनुभयो ।
ऐतवालको उद्धारका लागी नेपाली सेनाको एनए ०५५ नम्बरको हेलिकोप्टर दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा पुगेको थियो ।
जिल्ला अस्पत्तालबाट एम्बुलेन्समा गुल्म सम्म ल्याएर उनलाई थप उपचारका लागी जिल्ला बाहिर लगीएको छ ।
महिलाका श्रीमान नेपाली सेनामा कार्यरत रहेकाले नेपाली सेनालाई अनुरोध गरि उद्धारका लागी हेलीकोप्टर आएको श्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!