३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

लकडाउन बैसाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

काठमाडौं सरकारले लकडाउन बैसाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो। उच्चस्तरीय समन्वय समितिले १ हप्ता बढाउन सिफारिस गरेपनि सरकारले लकडाउन १० दिन थप गरेको छ। पछिल्लो समय जारी गरेको लकडाउनको समयसीमा भोलि सकिँदै छ। लकडाउनले गर्दा कोरोना नियन्त्रणमा सफल भएको निष्कर्ष निकाल्दै विगत ३४ दिनदेखी जारी लकडाउनलाई सरकारले निरन्तरता दिएको हो। कोरोना रोकथामका लागि भन्दै सरकारले पहिलो पटक गत चैत ११ गते लकडाउन आदेश जारी गरेको थियो। त्यसयता सरकारले आइतबार चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो। यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ। यसअघि सरकारले पछिल्लोपटक १५ दिन लकडाउन लम्ब्याएको थियो। कोरोना विरुद्ध लकडाउनलाई मात्रै सरकारले हतियारको रुपमा प्रयोग गर्दै गएको छ। कोरोना नियन्त्रणका लागि परिक्षणको दायरा बढाउनुपर्ने, जोखिम कम भएको ठाँउमा खुकुलो बनाउँनुपर्ने माग उठेपनि त्यसतर्फ ध्यान जान सकेको छैन। लकडाउनका कारण मजदुरवर्गमा निकै समस्या भएको छ। सरकारले राहतको व्यवस्था गर्न सकेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!