२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

लकडाउन बैसाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

काठमाडौं सरकारले लकडाउन बैसाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो। उच्चस्तरीय समन्वय समितिले १ हप्ता बढाउन सिफारिस गरेपनि सरकारले लकडाउन १० दिन थप गरेको छ। पछिल्लो समय जारी गरेको लकडाउनको समयसीमा भोलि सकिँदै छ। लकडाउनले गर्दा कोरोना नियन्त्रणमा सफल भएको निष्कर्ष निकाल्दै विगत ३४ दिनदेखी जारी लकडाउनलाई सरकारले निरन्तरता दिएको हो। कोरोना रोकथामका लागि भन्दै सरकारले पहिलो पटक गत चैत ११ गते लकडाउन आदेश जारी गरेको थियो। त्यसयता सरकारले आइतबार चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो। यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ। यसअघि सरकारले पछिल्लोपटक १५ दिन लकडाउन लम्ब्याएको थियो। कोरोना विरुद्ध लकडाउनलाई मात्रै सरकारले हतियारको रुपमा प्रयोग गर्दै गएको छ। कोरोना नियन्त्रणका लागि परिक्षणको दायरा बढाउनुपर्ने, जोखिम कम भएको ठाँउमा खुकुलो बनाउँनुपर्ने माग उठेपनि त्यसतर्फ ध्यान जान सकेको छैन। लकडाउनका कारण मजदुरवर्गमा निकै समस्या भएको छ। सरकारले राहतको व्यवस्था गर्न सकेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । […]

काठमाडौं । जेनजी आन्दोलनका क्रममा टीओबी (टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २० हजार धरौटीमा रिहा गरेको छ । त्यस्तो कसुरमा धरौटीमा रिहा हुने दावा पहिलो व्यक्ति हैनन्, उनीअघि जेन–जी आन्दोलनमा विभिन्न प्रकारका उदण्डता प्रदर्शन गर्नेमध्ये हालसम्म ८५ जनाले धरौटी सुविधामा रिहा हुने मौका पाएका छन् […]

एजेन्सी । भारतबाट आउने चामल र क्यानडाबाट आउने खाद्य पदार्थहरूमा थप ट्यारिफ (शुल्क) लगाउनेसमेत बताएका हुन्। ट्रम्पका अनुसार दोस्रो देशबाट आउने सस्तो सामानले अमेरिकी किसानलाई नोक्शान पुर्याइरहेको बताए। उनले ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा किसानका लागि थप आर्थिक मद्दतका प्याकेज घोषणा गरेका थिए। ट्रम्पले भने,’भारत, भियतनाम र थाइल्यान्ड जस्ता देशले अमेरिकामा धेरै सस्तो चामल बेचिरहेका छन्। […]

error: Content is protected !!