२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

लकडाउन उल्लंघन गर्दै टीकापुरमा पेट्रोल हाल्नेको भिड

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

(यज्ञराज उपाध्याय) कैलालीको टीकापुरमा लकडाउनको उल्लंघन गर्दै पेट्रोल हाल्नेको भिडभाड लागेको छ । लामो समयपछि पम्पमा पेट्रोल आएपछि मानिसहरुको भिड निकै बाक्लिएलो हो ।
सरकारले पाचौं चरणमा लकडाउनको मिति सारेको भोलिपल्ट नै टीकापुरमा माहोल फरक बनेको छ । यो भिडभाडमा प्रहरी आफै मूकदर्शक बनेको देखिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरु समेत भिडभाडको बीचमा भएता पनि सामाजिक दुरि कायम नगरी जम्मा भएको भिडलाई व्यवस्थापन गर्न सकेनन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस नेपालमा नियन्त्रण तथा रोकथाम गर्न गत चैत ११ गतेदेखि सरकारले लकडाउनको घोषणा गरेपछि देशभरकै माहोल शान्त थियो । गत बैशाख ३ गतेदेखि १५ गतेसम्म थप गरिएको लकडाउन आइतबार बसेको मन्त्रीपरिषद् बैठकले १० दिनका लागि १५ गतेदेखि २५ गतेसम्मका लागि थप गरेको हो । अहिले नेपालमा कोरोमा संक्रमित ५२ जना पत्ता लागेकोमा १६ जना सञ्चो भएर घर फर्किसकेका छन । अहिले नेपाल पनि कोरोनाको तेश्रो चरणमा पुग्ने संकेत देखिएको अवस्थामा प्रहरीले नै यसरी दिने छुटले जम्मा भएको भिडबाट धेरै खतरा हुने टीकापुरका सामाजिक व्यक्तित्वहरुको भनाई छ । उनीहरुले प्रहरीको यस्तो मनोमानीले नेपालमा कोरोनाको महामारी चरण सुरु हुन समय नलाग्ने बताएका छन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहर भट्टले लकडाउनको सबैले पालना गर्नुपर्ने बताउदै प्रहरीले कसैलाई लकडाउन उल्लंघन गर्ने छुट नदिएको बताए । उनले पेट्रोल हाल्नका लागि सोमबार बिहान २ घन्टाको समय दिएको तर भिड सोचेभन्दा धेरै र फरक किसिमले जम्मा भएको बताए । आकस्मिक कसैलाई पनि पेट्रोल चाहिन सक्ने भएकाले केही छुट दिइएको तर अनावश्यक रुपमा पेट्रोल हाल्नेहरु पनि जम्मा भएको र यसरी आकस्मिक बाहेक अन्यले पेट्रोल हालेको भए आवश्यक कदम अगाडी बढाइने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!