२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेको नरैनापुरबाट गाई काटेको आरोपमा दुईजना पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

(महेन्द्र सिंह)
बाँकेको नरैनापुर गाँउपालिकाबाट गाई काटेको आरोपमा दुई जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरिक्षक मुकुन्द सिग्देलले घटनाको पुष्टि गरुेका हुन ।
मंगलबार बिहान ९ बजेको समयमा गाई काट्दै गरेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न भएको आरोपमा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको र अन्य केही फरार भएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिए ।
पक्राउ परेका ब्यक्तिको घरमा राखिएको मासु बरामद गरी परिक्षणकालागि वित्रि विज्ञान प्रयोगशाला नेपालगन्ज पठाईएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]