२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

रोल्पामा बम बिस्फोट ४ जना बालबालिकाको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

रोल्पामा बम विष्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको हो । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए । उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो । गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा कलैयास्थित यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता तथा दुरुपयोगका आरोपहरू सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। सेवाग्राही र कार्यालयभित्रका कर्मचारीहरूले यस कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक हेरफेर, दलाली र आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक रूपमा उठाएका छन्। उनीहरूको दाबी अनुसार, […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा […]

बाँके । नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहा क्षेत्रमा भीषण सडक दुर्घटना भएको छ । आज विहान करिब सात बजे रोडवेज बस र माल वाहक ट्रेलर एकआपसमा ठोक्किएका हुन् । घना कुहिरोका कारण भएको दुर्घटनामा ट्रेलरका चालक गम्भीर घाइते भएका छन् । रुपईडिहा थाना क्षेत्रको कुतुबुद्दीन कलवारी गाउँका पासमा भएको दुर्घटनामा ट्रेलर चालक भारतको पंजाब निवासी […]

error: Content is protected !!