१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

मजदूर दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरु, मे दिवस २०२० को अवसरमा हार्दिक शुभकामना। वितेका १ सय ३१ बर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन्। यो दिन, काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो। श्रमिकहरुको ‘काम, मनोञ्जन र आराम’ बीच सन्तुलन कायम गर्ने माग स्थापित गरिएको दिनका रुपमा यस दिवसलाई स्मरण गर्ने गरिन्छ। नेपालको श्रम आन्दोलनले यस दिवसलाई श्रमिकहरुको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनको लागि भएका सबै आन्दोलनहरुको स्मरणमा मनाउँदै आएको छ। पछिल्ला केही बर्ष यता, हामीले यस दिवसलाई नेपाली श्रमिकहरुको ‘एकता र उपलब्धि’को उत्सवका रुपमा पनि मनाउँदै अएका छौं। हरेक बर्ष ‘श्रमको संसार’मा भएका उपलब्धिहरुको चर्चा गर्ने र गर्न बाँकी कामहरुलाई पूरा गर्ने अठोट गर्ने दिनका रुपमा पनि मे १ लाई लिंदै आएका छौं। तर यस बर्षको मे दिवस हामीहरु भिन्न रुपमा मनाउँदै छौं। कोरोना भाइरसको महामारीका कारण हाम्रो श्रमको संसार अहिले लकडाउनमा छ। मैले पहिले पनि भनेको छु, अहिले यतिबेला विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देशको पनि उत्पादन प्रणालीको कडी टुटेको छ। हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन्। हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन्। अहिलेको लकडाउन विश्वव्यापी हो र यो बाध्यकारी रहेको छ। कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु परेको बाध्यता हाम्रा अगाडि छ। यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाईजस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको छ। श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो। श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ। उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु। एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहर बजार पसेका, तर शहर बजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौं नेपाली युवा श्रमिकहरु विभिन्न मुलुकमा कार्यरत छन्। युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति पनि छन्। र, अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेका छन्। यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु। यस अप्ठ्यारो घडीमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक ऐक्यबद्धता जाहेर गर्दछु। दिदीबहिनी तथा दाजुभाइहरु, विगत दुई बर्षदेखि हाम्रो अर्थतन्त्रले तीब्र विकासको लय समातेको थियो। सरकारको संयोजनमा उद्यमी तथा श्रमिक दुबै पक्षबीच उच्च समझदारी कायम रहेको थियो। त्यही समझदारीका कारण श्रमिकको न्यूनतम पारिश्रमिक, इतिहासमै उच्च अर्थात् ३९ प्रतिशतले बृद्धि भएको थियो। नियमित जस्तो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रमको दुनियाँमा ‘हडताल र तालाबन्दी’ सबैले बिर्सिसकेको नमिठो सपना जस्तो भइसकेको थियो। हाम्रो आर्थिक बृद्धि दोहोरो अंकको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको थियो। सरकारले श्रम क्षेत्रमा पहिलो बर्षको तुलनामा दोस्रो बर्ष झण्डै दोब्बर बजेट बृद्धि गरेको थियो। दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रमहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा आएका थिए। यी दुई बर्षको अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २२ लाख श्रमदिन बराबरको रोजगारी सिर्जना गरिएको थियो। श्रमिकको पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवात गरियो। एक बर्षमा कम्तिमा एक सय दिन बराबरको रोजगारीको प्रत्याभूति अर्थात् ग्यारेन्टी गरियो। विभिन्न मुलुकसँंग श्रम संझौता गर्ने र प्रविधिमा आधारित सरल श्रमसम्बन्धी सेवाहरु थालियो। बेरोजगार लक्षित सीप विकास र उद्यमशीलता प्रबद्र्धन कार्यक्रम सञ्चालन गरियो। उच्च शिक्षा हासिल गरेका युवाहरूको लागि शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण उपलव्ध गराउन थालिएको थियो। तर, यस मे दिवसको संघारमा आज हामी, कोरोना महामारीका बिरुद्धको युद्धमा होमिएका छौं। तत्कालको लागि हाम्रो प्रयास यस महामारीले सिर्जना गरेको समस्या सामना गर्नेतर्फ केन्द्रित छ। यतिखेर सरकार, कोरोना संक्रमणको रोकथाम, पहिचान, परीक्षण र उपचारमा लागि परेको छ। यसमा कमी नआओस् भनेर नै महामारी बिरुद्धको यस युद्धको अग्र मोर्चामा रहनुभएका सबैका लागि पच्चिस लाख रकम बराबरको बीमा गरिएको छ। व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै उनीहरुको भत्तामा शतप्रतिशतसम्म थप गरिएको छ। लकडाउनको अवधिको पारिश्रमिक कायम गर्न र महिला स्वास्थ्य स्वयंसेवीहरुलाई एकमुष्ट एक हजार पाँच सय रुपियाँ थप भत्ताको व्यवस्था गरिएको छ। सामाजिक सुरक्षा कोषमा आवद्ध सम्पूर्ण श्रमिकहरुको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिएको छ। सामाजिक सुरक्षा कोषमा योगदान गर्दा लाग्ने दोहोरो करको व्यवस्था हटाइएको छ। विद्युतको उपभोगमा सहुलियतको व्यवस्था गरी सुलभ मोलमा इन्डक्सन चुल्होको व्यवस्थासमेत गरिएको छ। दैनिक गर्ने कामबाट जीवन धानिरहेकाहरुलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।