२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

पत्रकारहरु निस्काशन तथा तलब कटौती नगर्न फोनिजको आग्रह

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले कोरोना भाइरसको सङ्कटलाई देखाएर पत्रकारहरु निस्काशन तथा तलब कटौती नगर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ । ‘लकडाउन’को कारण देखाउँदै नेपालका अधिकांश सञ्चारमाध्यमले त्यहाँ कार्यरत पत्रकारलाई निस्काशन गर्नाका साथै तलबसमेत कटौती गरेका अवस्थामा फोनिजले त्यसो नगर्न आग्रह गरेको हो। भिडियो कन्फ्रेन्समार्फत आज साँझ बसेको फोनिज संघीय समितिको बैठकले सबैखाले सञ्चारगृहलाई विशेष राहत प्याकेज दिन तीनै तहका सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङले बताउनुभयो । “नेपालमा लागू गरिएको लकडाउनको मार अहोरात्र खटिने श्रमजीवी पत्रकारमासमेत परेको छ”, उहाँले भन्नुभयो, “जनतालाई सुसूचित गराउने पत्रकारको प्रोत्साहनका लागि भए पनि विशेष राहत प्याकेज उपलब्ध गराउन जरुरी छ ।” बैठकले कठिन अवस्थामा खटिएका पत्रकारलाई समाचार सङ्कलन गर्न आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरेको छ। सञ्चारगृहले उपलब्ध गराएको परिचयपत्रका आधारमा पत्रकारलाई निर्बाध समाचार सङ्कलन गर्न दिन सम्बन्धित निकायसँग तथा सङ्कटका घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारलाई आग्रह गर्नेलगायत निर्णय गरिएको छ। लकडाउन पूर्ण पालना गर्दै आगामी दिनमा सङ्गठनका सबै प्रदेश समितिलाई भर्चुअल बैठक गर्न आग्रहसमेत गरिएको फोनिजका महासचिव मनोज घर्ती मगरले जानकारी दिनुभयो। बैठकमा फोनिजका सातै प्रदेश प्रमुखले आआफ्ना क्षेत्रमा गरिएका क्रियाकलापबारे मौखिक प्रतिवेदन पेश गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । म्यानमारमा अवैध अनलाइन स्क्यामिङमा फसेका ४७ नेपाली नागरिकको उद्धार गरिएको छ, जसमा ४५ पुरुष र २ महिला छन्। उद्धार गरिएका व्यक्तिहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले नेपाल फर्काएको छ, र उनीहरू विभिन्न २६ जिल्लाका बासिन्दा हुन्। पीडितहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी म्यानमार पुर्‍याइएको थियो, जहाँ उनीहरूलाई शारीरिक र मानसिक यातना दिइएको थियो। काठमाडौँ । विभिन्न […]

बारा कलैयास्थित यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता तथा दुरुपयोगका आरोपहरू सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। सेवाग्राही र कार्यालयभित्रका कर्मचारीहरूले यस कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक हेरफेर, दलाली र आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक रूपमा उठाएका छन्। उनीहरूको दाबी अनुसार, […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा […]

error: Content is protected !!