२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पत्रकारहरु निस्काशन तथा तलब कटौती नगर्न फोनिजको आग्रह

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले कोरोना भाइरसको सङ्कटलाई देखाएर पत्रकारहरु निस्काशन तथा तलब कटौती नगर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ । ‘लकडाउन’को कारण देखाउँदै नेपालका अधिकांश सञ्चारमाध्यमले त्यहाँ कार्यरत पत्रकारलाई निस्काशन गर्नाका साथै तलबसमेत कटौती गरेका अवस्थामा फोनिजले त्यसो नगर्न आग्रह गरेको हो। भिडियो कन्फ्रेन्समार्फत आज साँझ बसेको फोनिज संघीय समितिको बैठकले सबैखाले सञ्चारगृहलाई विशेष राहत प्याकेज दिन तीनै तहका सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङले बताउनुभयो । “नेपालमा लागू गरिएको लकडाउनको मार अहोरात्र खटिने श्रमजीवी पत्रकारमासमेत परेको छ”, उहाँले भन्नुभयो, “जनतालाई सुसूचित गराउने पत्रकारको प्रोत्साहनका लागि भए पनि विशेष राहत प्याकेज उपलब्ध गराउन जरुरी छ ।” बैठकले कठिन अवस्थामा खटिएका पत्रकारलाई समाचार सङ्कलन गर्न आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरेको छ। सञ्चारगृहले उपलब्ध गराएको परिचयपत्रका आधारमा पत्रकारलाई निर्बाध समाचार सङ्कलन गर्न दिन सम्बन्धित निकायसँग तथा सङ्कटका घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारलाई आग्रह गर्नेलगायत निर्णय गरिएको छ। लकडाउन पूर्ण पालना गर्दै आगामी दिनमा सङ्गठनका सबै प्रदेश समितिलाई भर्चुअल बैठक गर्न आग्रहसमेत गरिएको फोनिजका महासचिव मनोज घर्ती मगरले जानकारी दिनुभयो। बैठकमा फोनिजका सातै प्रदेश प्रमुखले आआफ्ना क्षेत्रमा गरिएका क्रियाकलापबारे मौखिक प्रतिवेदन पेश गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]