२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

मन्त्री मानन्धरले राहतसँगै खानाका लागि सामुहीक मेस सञ्चालन

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

निरन्तरको लकडाउनका कारण काठमाडौंमा बेरोजगार बनेका मजदुर तथा विपन्न वर्गका सर्वसाधारणलाई बिहान बेलुका हात मुख जोड्न समस्या भएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा विभिन्न स्थानमा सामुहीक मेस सञ्चालनमा ल्याईएको छ । मजदुर तथा उपत्यकामै घर भएर पनि निम्न आर्थिक अवस्था भएका नागरिक आम्दानी नहुँदा बिहान बेलुकी छाक टार्नै नसक्ने अवस्थामा छन् । राहत वितरणबाट पनि समस्या समाधान हुन नसकेका बेला शहरी विकास राज्यमन्त्री मानन्धरको पहलमा काठमाडौंको बालाजु आसपासका क्षेत्रमा सामुहिक मेस सञ्चालनमा आएको हो । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ र १७ मा खाना खुवाउने अभियान जारी छ । स्थानीय तहहरुले वितरण गरिरहेको राहतमा सहयोग गर्ने र खाना नपाएकाहरुलाई पनि सहयोग पु¥याउने भावनाले मेसमा खाना खुवाउने अभियान सुरु गरिएको राज्यमन्त्री मानन्धरले बताए । मन्त्री मानन्धरले विभिन्न स्थानमा सञ्चालित मेसमै पुगेर आफु पनि मजदुर मजदुरहरुसँगै खाना खाने र आवश्यक सहयोगको पहल गर्ने गरेका छन्। शुक्रबार मन्त्री मानन्धरले सबै मेसहरुको अवलोकन समेत गरे । नागर्जुन नगरपालिकाको वडा नम्वर १,२ र ३ तथा काठमाडौं महानगरको विभिन्न स्थानमा सञ्चालित मेसमा दैनिक दुई छाक खाना खुवाउने गरिएको मन्त्री मानन्धरले बताए ।
करिब एक हजारदेखि १२ सयसम्मलाई दैनिक खाना खुवाईएको छ । महानगरको वडा १६ अन्तरगत बाइपासको तरुण मावि, गंगाहल नजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ । यस्तै बनस्थली खरिबोट, सानोभर्याङ, मैपी मन्दीरको प्रांगण र नयाँबजारको सासा बैंक्वेटमा बिहान बेलुकी नै खाना खुवाउने गरिएको मन्त्री मानन्धरले जानकारी दिए । महानगरको १७ नम्वर वडाको इन्द्रायणी मन्दीरमा भने साँझको खाना मात्र खुवाउने गरिएको छ ।
मन्त्री स्वयं मजदुरहरुसँग बसेर खाना खाँदा सर्वसाधारणले पनि खुसी व्यक्त गरेका छन् ।
प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले मन्त्री मानन्धरको पहलमा लकडाउन अवधिभरका लागि खाना खुवाउने प्रवन्ध मिलाईएको जानकारी दिए । यस्तै
नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले मेसबाट खाना खुवाइरहेको बताइन ।
विभिन्न संघ संस्थाहरुको सहयोगमा सम्बन्धीत क्षेत्रका बासिन्दाले खाना बनाउने र खुवाउने गर्दै आएका छन्। खाना बनाउनका लागि आवश्यक दाल चामल तरकारी लगायतका खाद्यान्नको व्यवस्थापनका लागि दाताहरुले पनि सक्दो सहयोग गरिरहेको मन्त्री मानन्धरले बताए ।
यस अघि पनि लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई आफुले आवश्यक सहजिकरण गर्दै आइरहेको बताउँदै मन्त्री सामुहीक मेस सञ्चालन भएका ठाउँमा खाना खान आउन समस्यामा परेकाहरुलाई निमन्त्रणा गरेका छन् ।
म पनि तपाईंहरुसँगै बसेर खाना खान्छु भन्दै मन्त्री मानन्धरले नजिकका ठाउँमा गएर खाना खान आग्रह गरेका हुन् ।
मन्त्री मानन्धरले राहतसँगै खानाका लागि सामुहीक मेस सञ्चालन गर्दा सहज हुने भएकाले आवश्यक सहजिकरणका लागि स्थानीय सरकारहरुलाई आग्रह समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।