०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

काठमाडौं प्रवेशमा नागढुङ्गामा डिस्इन्फेक्सन टनेल सञ्चालनमा

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

काठमाडौं राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातको पहलमा तयार भएको उक्त टनेल सञ्चालनमा ल्याएको हो । काठमाडौँ भित्रने सवारी साधनलाई नागढुङ्गामा गराउने लक्ष्यका साथ सरकारको स्वीकृतिमा सो यातायातले टनेल निर्माण गरेको हो ।
लकडाउनको समयमा खाद्य पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसङ्क्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सो यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको २४ घण्टामा नै आफूहरुले टनेल निर्माण गरेको, ठूला सवारी साधन एक मिनेटमा र साना सवारी साधन ३० सेकेण्डमा नै निःसङ्क्रमण गर्न सकिने उनले बताए।
स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको क्लोरिनजस्तै झोल राख्नका लागि सोही कम्पनीले नै दुई हजार लिटर क्षमताका दुई र एक हजार लिटर क्षमताका दुई गरी कूल छ हजार लिटर क्षमताका ट्याङ्की राखिएको छ । हरेक दिन पानी र क्लोरिन झोल मिलाएर सवारी साधनलाई निःसङ्क्रमण गरिने छ । क्लोरिनका लागि मात्रै दैनिक रु एक हजार २०० खर्च हुनेछ ।
“हामीले स्वीमिङ पुलको पानी शुद्ध बनाउन प्रयोग हुने औषधि प्रयोग गरेका छौँ, जुन क्लोरिनजस्तै हो । मानव स्वास्थ्यका लागि त्यसले कुनै हानी गर्दैन”, अध्यक्ष थापाले भने । सो यातायातले रु चार लाखको लगानीमा उक्त टनेल निर्माण गरेको हो । टनेल निर्माणका लागि १७ मजदुर खटिएको जानकारी दिँदै उनले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर काम गरेको बताए ।
एक लिटर क्लोरिन झोलसहितको पानीले ठूला सवारी साधन र सानाका लागि भने असाध्यै कम परिमाणमा समेत निःसङ्क्रमण गराउन सकिने उनको भनाइ छ । अध्यक्ष थापाका अनुसार कूल २० फिट लम्बाइ र १६ फिट उचाइको टनेल निर्माण गरिएको हो । तीन इन्चका पाइपले चारैतिरबाट क्लोरिन झोल फाल्ने भएकाले राजधानी भित्रने सबै सवारी साधन निःसङ्क्रमण हुने छ ।
सवारी साधनलाई निःसङ्क्रमण गराएर मात्रै राजधानी प्रवेश हुन दिँदा त्यसले राजधानीवासीलाई थप सुरक्षित बनाउनेछ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने लक्ष्यका साथ नगरपालिकाको संयोजनमा डिस्इन्फेक्सन टनेल सञ्चालनमा ल्याइएको जानकारी दिए ।
उनका अनुसार नाकामा सुरक्षाका लागि बस्ने नेपाल प्रहरीले टनेलको व्यवस्थापन एवं सञ्चालन गर्नेछ । आवश्यक पानी उपत्यका खानेपानी व्यवसायी सङ्घले दैनिक एक ट्याङ्कर उपलब्ध गराउनेछ । टनेल सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाको २ नं वडाले विद्युत् सेवा उपलब्ध गराएको छ ।
सवारी साधनलाई मात्रै निःसङ्क्रमण गराउँदा पनि ठूलो राहत महसुस हुने भए पनि काठमाडौँ छिर्ने यात्रुलाई भने स्वास्थ्य परीक्षण गरेर आउने वातावरण मिलाइएको छ । नेपाल चिकित्सक सङ्घ र नेपाल रेडक्रस काठमाडौ जिल्ला शाखाले स्वास्थ्य परीक्षणको लागि आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरिरहेका जनाइएको छ । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र सुरक्षाकर्मीको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!