२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

काठमाडौं प्रवेशमा नागढुङ्गामा डिस्इन्फेक्सन टनेल सञ्चालनमा

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

काठमाडौं राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातको पहलमा तयार भएको उक्त टनेल सञ्चालनमा ल्याएको हो । काठमाडौँ भित्रने सवारी साधनलाई नागढुङ्गामा गराउने लक्ष्यका साथ सरकारको स्वीकृतिमा सो यातायातले टनेल निर्माण गरेको हो ।
लकडाउनको समयमा खाद्य पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसङ्क्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सो यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको २४ घण्टामा नै आफूहरुले टनेल निर्माण गरेको, ठूला सवारी साधन एक मिनेटमा र साना सवारी साधन ३० सेकेण्डमा नै निःसङ्क्रमण गर्न सकिने उनले बताए।
स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको क्लोरिनजस्तै झोल राख्नका लागि सोही कम्पनीले नै दुई हजार लिटर क्षमताका दुई र एक हजार लिटर क्षमताका दुई गरी कूल छ हजार लिटर क्षमताका ट्याङ्की राखिएको छ । हरेक दिन पानी र क्लोरिन झोल मिलाएर सवारी साधनलाई निःसङ्क्रमण गरिने छ । क्लोरिनका लागि मात्रै दैनिक रु एक हजार २०० खर्च हुनेछ ।
“हामीले स्वीमिङ पुलको पानी शुद्ध बनाउन प्रयोग हुने औषधि प्रयोग गरेका छौँ, जुन क्लोरिनजस्तै हो । मानव स्वास्थ्यका लागि त्यसले कुनै हानी गर्दैन”, अध्यक्ष थापाले भने । सो यातायातले रु चार लाखको लगानीमा उक्त टनेल निर्माण गरेको हो । टनेल निर्माणका लागि १७ मजदुर खटिएको जानकारी दिँदै उनले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर काम गरेको बताए ।
एक लिटर क्लोरिन झोलसहितको पानीले ठूला सवारी साधन र सानाका लागि भने असाध्यै कम परिमाणमा समेत निःसङ्क्रमण गराउन सकिने उनको भनाइ छ । अध्यक्ष थापाका अनुसार कूल २० फिट लम्बाइ र १६ फिट उचाइको टनेल निर्माण गरिएको हो । तीन इन्चका पाइपले चारैतिरबाट क्लोरिन झोल फाल्ने भएकाले राजधानी भित्रने सबै सवारी साधन निःसङ्क्रमण हुने छ ।
सवारी साधनलाई निःसङ्क्रमण गराएर मात्रै राजधानी प्रवेश हुन दिँदा त्यसले राजधानीवासीलाई थप सुरक्षित बनाउनेछ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने लक्ष्यका साथ नगरपालिकाको संयोजनमा डिस्इन्फेक्सन टनेल सञ्चालनमा ल्याइएको जानकारी दिए ।
उनका अनुसार नाकामा सुरक्षाका लागि बस्ने नेपाल प्रहरीले टनेलको व्यवस्थापन एवं सञ्चालन गर्नेछ । आवश्यक पानी उपत्यका खानेपानी व्यवसायी सङ्घले दैनिक एक ट्याङ्कर उपलब्ध गराउनेछ । टनेल सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाको २ नं वडाले विद्युत् सेवा उपलब्ध गराएको छ ।
सवारी साधनलाई मात्रै निःसङ्क्रमण गराउँदा पनि ठूलो राहत महसुस हुने भए पनि काठमाडौँ छिर्ने यात्रुलाई भने स्वास्थ्य परीक्षण गरेर आउने वातावरण मिलाइएको छ । नेपाल चिकित्सक सङ्घ र नेपाल रेडक्रस काठमाडौ जिल्ला शाखाले स्वास्थ्य परीक्षणको लागि आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरिरहेका जनाइएको छ । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र सुरक्षाकर्मीको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । म्यानमारमा अवैध अनलाइन स्क्यामिङमा फसेका ४७ नेपाली नागरिकको उद्धार गरिएको छ, जसमा ४५ पुरुष र २ महिला छन्। उद्धार गरिएका व्यक्तिहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले नेपाल फर्काएको छ, र उनीहरू विभिन्न २६ जिल्लाका बासिन्दा हुन्। पीडितहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी म्यानमार पुर्‍याइएको थियो, जहाँ उनीहरूलाई शारीरिक र मानसिक यातना दिइएको थियो। काठमाडौँ । विभिन्न […]

बारा कलैयास्थित यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता तथा दुरुपयोगका आरोपहरू सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। सेवाग्राही र कार्यालयभित्रका कर्मचारीहरूले यस कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक हेरफेर, दलाली र आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक रूपमा उठाएका छन्। उनीहरूको दाबी अनुसार, […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा […]

error: Content is protected !!