२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मदिराको तालमा होस गुमाउँदा काबा मेयर र स्वकीय सचिवको चर्तिकता यस्तो

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

दाङ बैशाख १९ तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगी र उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका स्वकीय सचिव धर्म वलीले भट्टी पसलमा चर्तिकला देखाएका छन् । मदिराको तालमा पदीय आचरण विपरीत काम गरेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले उनीहरूलाई कारवाही सुरू गरेको छ ।
वडा नम्बर १२ का वडा अध्यक्ष समेत रहेका डाँगी नगरका प्रवक्ता समेत हुन् । काबा नगरप्रमुख भएकै बेला तुलसीपुर–४ मा रहेको एक घरमा मदिरा सेवन गरी गरिएको चर्तिकता सार्वजनिक भएपछि उनलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारीबाट हटाइएको छ ।
डाँगीलाई हटाएर वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेलाई कार्यबाहाक नगरप्रमुखको जिम्मेवारी तोकिएको छ ।
शुक्रबार लामिछानेलाई नगर प्रमुख नआउँदासम्मका लागि कार्यबाहक भएर काम गर्ने गरी तोकिएको प्रमुख घनश्याम पाण्डेले बताए । उनले पदीय मर्यादा विपरीत गतिविधि गर्नेलाई जिम्मेवारीमुक्त गर्ने काम सुरू भइसकेको बताए ।
काबा नगर प्रमुखको हैसियतले सूर्यबहादुर डाँगी, वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण राना, नगरप्रमुखका स्वकीय सचिव धर्म वलीलगायतको टोली अनुगमनको लागि वडा नम्बर ४ मा पुगेको थियो ।
सोहि क्रममा भट्टी पसलमा मदिरा सेवन गरेर सामाजिक सञ्जालमार्फत लाइभ गतिविधि र बस्दासम्मको चर्तिकला सार्वजनिक गरी नगर प्रमुख,
जनप्रतिनिधिलाई तथानाम गाली गर्र्दै मर्यादा बिर्सेको र मदिराको मातमा चुनौती दिएको सार्वजनिक भएपछि दुबैको पद खोसिएको हो । काबालाई शुक्रबारदेखि नै मुक्त गरिएको छ भने स्वकीय सचिवको हकमा कार्यालय खुलेपछि निर्णय हुने नगरप्रमुखको सचिवालयले जनाएको छ ।
शुक्रबार सार्वजनिक बिदा भएको र अर्काे दिन शनिबार परेको हुँदा सम्भव आइतवार यो निर्णय हुनेछ । नगरप्रमुखका स्वकीय सचिव धर्म वली सामाजिक परिचालकबाट तानिएका नासुस्तरका करार कर्मचारी हुन् ।
शुक्रबारदेखि धर्म वलीको सबै जिम्मेवारी खोसिएको नगरप्रमुखको सचिवालयले बताएको छ । नगरप्रमुख पाण्डेले पद र आचरण विर्सनेलाई कारवाही हुने बताए । नगरप्रमुख अहिले काठमाडांैमा छन् । उनी आए लगत्तै स्वकीय सचिवको बारेमा निर्णय हुने बुझिएको छ ।
नगरप्रमुख पाण्डे जिल्ला बाहिर रहेको समयमा काबा पाएका डाँगी र स्वकीय सचिव वलीलगायतका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको एक घरमा मदिरा सेवन गरेका थिए । नगरप्रमुखका स्वकीय सचिव धर्म वलीले अञ्जानमा गल्ती भएको बताए ।
कार्यबाहक नगरप्रमुखको जिम्मा पाएका वडा अध्यक्ष सूर्यबहादुर डाँगीले अनुगमनको क्रममा रक्षाचौरमा खाजा खाना बसेको त्यो दृष्य र अवस्था सार्वजनिक गरी फसाइएको बताए ।
सार्वजनिक भएको भिडियोमा सबैभन्दा बढी अभिब्यक्ति डाँगीबाटै आएको छ । नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काले पदीय मर्यादा भुलेर मादकपदार्थ सेवन गरी मेयर, जनप्रतिनिधि र नेताहरूलाई खिल्ली उडाउनेहरूलाई कारवाही हुने बताए ।
‘छानबिनबाट यो सत्य देखिएमा उहाँहरूलाई कारवाही गर्नुपर्ने अवस्था आउँछ’ उनले भने ‘जनप्रतिनिधि मर्यादामा बस्नुपर्छ । तुलसीपुरमा भएको यो कार्य बेठिक छ । प्रदेश टुडेबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]