२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मदिराको तालमा होस गुमाउँदा काबा मेयर र स्वकीय सचिवको चर्तिकता यस्तो

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

दाङ बैशाख १९ तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगी र उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका स्वकीय सचिव धर्म वलीले भट्टी पसलमा चर्तिकला देखाएका छन् । मदिराको तालमा पदीय आचरण विपरीत काम गरेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले उनीहरूलाई कारवाही सुरू गरेको छ ।
वडा नम्बर १२ का वडा अध्यक्ष समेत रहेका डाँगी नगरका प्रवक्ता समेत हुन् । काबा नगरप्रमुख भएकै बेला तुलसीपुर–४ मा रहेको एक घरमा मदिरा सेवन गरी गरिएको चर्तिकता सार्वजनिक भएपछि उनलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारीबाट हटाइएको छ ।
डाँगीलाई हटाएर वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेलाई कार्यबाहाक नगरप्रमुखको जिम्मेवारी तोकिएको छ ।
शुक्रबार लामिछानेलाई नगर प्रमुख नआउँदासम्मका लागि कार्यबाहक भएर काम गर्ने गरी तोकिएको प्रमुख घनश्याम पाण्डेले बताए । उनले पदीय मर्यादा विपरीत गतिविधि गर्नेलाई जिम्मेवारीमुक्त गर्ने काम सुरू भइसकेको बताए ।
काबा नगर प्रमुखको हैसियतले सूर्यबहादुर डाँगी, वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण राना, नगरप्रमुखका स्वकीय सचिव धर्म वलीलगायतको टोली अनुगमनको लागि वडा नम्बर ४ मा पुगेको थियो ।
सोहि क्रममा भट्टी पसलमा मदिरा सेवन गरेर सामाजिक सञ्जालमार्फत लाइभ गतिविधि र बस्दासम्मको चर्तिकला सार्वजनिक गरी नगर प्रमुख,
जनप्रतिनिधिलाई तथानाम गाली गर्र्दै मर्यादा बिर्सेको र मदिराको मातमा चुनौती दिएको सार्वजनिक भएपछि दुबैको पद खोसिएको हो । काबालाई शुक्रबारदेखि नै मुक्त गरिएको छ भने स्वकीय सचिवको हकमा कार्यालय खुलेपछि निर्णय हुने नगरप्रमुखको सचिवालयले जनाएको छ ।
शुक्रबार सार्वजनिक बिदा भएको र अर्काे दिन शनिबार परेको हुँदा सम्भव आइतवार यो निर्णय हुनेछ । नगरप्रमुखका स्वकीय सचिव धर्म वली सामाजिक परिचालकबाट तानिएका नासुस्तरका करार कर्मचारी हुन् ।
शुक्रबारदेखि धर्म वलीको सबै जिम्मेवारी खोसिएको नगरप्रमुखको सचिवालयले बताएको छ । नगरप्रमुख पाण्डेले पद र आचरण विर्सनेलाई कारवाही हुने बताए । नगरप्रमुख अहिले काठमाडांैमा छन् । उनी आए लगत्तै स्वकीय सचिवको बारेमा निर्णय हुने बुझिएको छ ।
नगरप्रमुख पाण्डे जिल्ला बाहिर रहेको समयमा काबा पाएका डाँगी र स्वकीय सचिव वलीलगायतका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको एक घरमा मदिरा सेवन गरेका थिए । नगरप्रमुखका स्वकीय सचिव धर्म वलीले अञ्जानमा गल्ती भएको बताए ।
कार्यबाहक नगरप्रमुखको जिम्मा पाएका वडा अध्यक्ष सूर्यबहादुर डाँगीले अनुगमनको क्रममा रक्षाचौरमा खाजा खाना बसेको त्यो दृष्य र अवस्था सार्वजनिक गरी फसाइएको बताए ।
सार्वजनिक भएको भिडियोमा सबैभन्दा बढी अभिब्यक्ति डाँगीबाटै आएको छ । नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काले पदीय मर्यादा भुलेर मादकपदार्थ सेवन गरी मेयर, जनप्रतिनिधि र नेताहरूलाई खिल्ली उडाउनेहरूलाई कारवाही हुने बताए ।
‘छानबिनबाट यो सत्य देखिएमा उहाँहरूलाई कारवाही गर्नुपर्ने अवस्था आउँछ’ उनले भने ‘जनप्रतिनिधि मर्यादामा बस्नुपर्छ । तुलसीपुरमा भएको यो कार्य बेठिक छ । प्रदेश टुडेबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!