११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

स्वास्थ रहन कति पानी पिउने.

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

शरीरका लागि पानीको महत्व कति हुन्छ भन्ने सबैलाई थाहा छ । हाम्रो शरीरको कुल वजनको करिब ७० प्रतिशत पानी हुन्छ । शरीरका सबै अंग र आन्तरिक कार्यप्रणाली ठीक ढंगले काम गर्न पनि पानीको उचित स्तर बनिरहनु आवश्यक हुन्छ तर कुनै रोग, व्यायाम, लु आदिका कारण शरीरमा पानीको कमी हुँदा हामीलाई प्यास लाग्छ ।undefined
शरीरमा पानीको स्तर घट्दा थकान हुन्छ । थकानकै क्रममा हल्का टाउको दुख्ने क्रम सुरु हुन्छ । यही क्रम बढ्दै जाँदा मनिसमा चिडचिडाहट हुन्छ भने शारीरिक र मानसिक कमजोरी पनि बढ्न पुग्छ ।
शरीरबाट मल–मूत्र, पसिना, श्वास लिने–छोड्ने क्रममा लगातार पानी विविध स्वरुपमा बाहिर निस्कन्छ । यस्तो अवस्थामा एउटा स्वस्थ मानिसले भोक र प्यास महसुस हुन्छ र खानपिन गरी शरीरमा लगातार पानीको सन्तुलन बनाइरहन्छन् । तर नवजात शिशु, रोगी मानिस, वृद्ध वा बढी मिहिनेत गर्ने खेलाडी, मजदुर आदिलाई पानीको मात्रा सही स्तरमा राखिरहनु निकै गाह्रो हुन्छ ।
पानी कम हुँदा दिमाग खुम्चन्छ
शरीरको यान्त्रिकी अर्थात् मेसिनरी कस्तो हुन्छ भने शरीरभित्र पानीको कमी निकै अघि भइसकेको हुन्छ र निकै पछि मात्र शरीरले प्रतिक्रिया देखाउँछ । धेरै शोधले के देखाएको छ भने हाम्रो शरीरमा एक प्रतिशतले मात्र पनि पानीको स्तर घट्यो भने त्यसको नकारात्मक प्रभाव शरीरमा देखिन थाल्छ । यसले शरीरको विभिन्न अङ्गका साथ दिमागको समन्वय गडबड हुन थाल्छ । एकग्रता भङ्ग हुन्छ, स्मरणशक्ति क्षीण हुन्छ । हुन त शोधको निष्कर्ष कतैकतै विरोधाभासी पनि हुन सक्छन् तर मानव शरीरमा पानीको न्यूनताले मस्तिष्कका तन्तुबाट निस्कने द्रव्यको मात्रा कम हुन जान्छ । जसका कारण दिमाग संकुचित हुन्छ र कोशिकाहरुको कामकाज अस्थायी रुपमै सही तर प्रभावित चाहिँ हुन्छ नै ।
यति मात्र होइन, शरीरमा पानी कम हुने क्रम जारी रहे र त्यसको आपूर्ति पर्याप्त हुन सकेन भने रगत बाक्लो हुन जान्छ । मृगौलाले पनि शरीरमा पानी बचाइरहने जुक्तिमा लाग्छ । यसले पिसाब जोगाउँछ र कम पिसाब लाग्न थाल्छ । रगत बाक्लो हुन थालेपछि धमनि र मुटुमा रक्तचाप सन्तुलित राख्ने कुरामा बढी मिहिनेत गर्नुपर्ने हुन्छ । यसले मुटुको ढुकढुकी बढ्न पुग्छ । व्यायाम, लू, गर्मीका कारण पानी कम पिउँदा शरीरमा ऊर्जाको अभाव रहादा बेहोस हुने खतरा हुन्छ । बस्दाबस्तै वा अचानक उठ्दा लड्ने डर हुन्छ । पानीको कमीका कारण शरीरले आफ्नो सही तापमान कायम राखिरहन पनि समस्या हुन्छ । तापक्रम सामान्यस्तरभन्दा बढी हुन्छ । यो अवस्थालाई हाइपरथर्मिया भनिन्छ । पानी कम हुँदा कोशिकाहरु पनि खुम्चिन थाल्छन् । शरीरले पानीको कमी हटाउन रगत र अन्य चिजबिजबाट पानीको स्रोत तान्न थाल्छ । यसले दिमागमा असर पुग्ने हुनाले प्यासको अवस्था महसुस हुने गर्दछ ।
कति पानी पिउने ?
हाम्रो शरीरका लागि पानीको सामान्य स्तर कति हो भन्ने कुरा शरीरको बनावट, खुराक, मौसम, हामीले लगाइरहेको कपडा आदिजस्तामा पनि भर पर्छ । हाम्रो शरीरलाई दिनभरि कति पानी आवश्यक पर्छ भन्ने पहिलो पटक आधिकारिक शोध २००४ मा मात्र हुन सकेको थियो । इन्स्टिच्युट अफ मेडिसिनकाअनुसार वयस्क पुरुषले ३.७ र महिलाले २.७ लिटर पानी हरेक दिन पिउनु पर्छ । यस आवश्यकताको ८० प्रतिशत चिया, कफी, पानीजस्ता माध्यमबाट पूरा हुन्छ । बाँकी २० प्रतिशत खान्कीबाट पनि पूरा हुन्छ । हुन त निश्चित रुपमा यति नै आवश्यक हो भन्ने अन्तिम निर्णय यो होइन । हाम्रो शरीरमा पानीको स्तर आफैँले पनि मापन गर्न सक्छौँ ।
कसरी ?
१. शरीरको वजन हेर्ने । बिहान खानुअघि र खाएपछिको औसत वजन थाहा हुन्छ ।
२. दिनभरिमा नियमित रुपमा चार पटक मूत्र त्याग गर्नु जरुरी हुन्छ । पिसाबको रङ पहेँलो वा हल्का पहेँलो भयो भने तपाईंले अलि बढी पानी पिउनु आवश्यक छ ।
३. पानी, चिया, कफी, जुस, सर्बतजस्ता कुरा नियमित अन्तरालमा पिइरहनुहोस् । प्यास लाग्नुअघि नै शरीरमा पानी पुगोस् भन्ने कुराम ख्याल राख्नुस् ।
(न्युजिल्यान्डको मेसी युनिभर्सिटीमा खेल र व्यायाम विभागका लेक्चरर टबी मुन्डेलको यो आलेख द कनभर्जेसनमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!